२०७७ मंसिर २०, शनिबार

योङस्टार र एबिसी बिजयी

imagesसुर्खेतको वीरेन्द्रनगरमा जारी खुला एवम् क्लवस्तरीय क्रिकेटको आइतबारको खेलमा योङस्टार क्रिकेट क्लब र एबिसी युथ क्रिकेट क्लब बिजयी भएका छन ।

पहिलो खेलमा जाजरकोट युथ क्रिकेट क्लवलाई ८ विकेटले पराजित गर्दै योङ्स्टारले लगातार दोस्रो जीत हात पारेको हो । स्थानीय कालुङ्चोक मैदानमा भएकोले खेलमा योङ्स्टारले टस जितेर फिल्डिङ्ग रोजेपछि पहिले ब्याटिङ् गरेको जाजरकोटले निर्धारित ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय १ रन बनाउन सक्यो ।

जाजरकोटका प्रतिस जिसीले २४ र जीवन शाहीले १५ रन बनाउँन बाहेक अरु ब्याट्म्यानले खुलेर खेल्न सकेनन ।

१ सय २ रनको लक्ष्य पाएर जवाफी ब्याटिङ्ग गरेको योङ्स्टारले ८ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य भेटायो । प्रतियोगितमा २० बलमा अर्धसतक पूरा गर्न सफल योङ्स्टारका रुपक दाहाल म्यान अफ दी म्याच भए ।

यस्तै दोस्रो खेलमा शनिबार जाजरकोट संग पराजित एबीसी युथ क्रिकेट क्लवले तातापानी क्रिकेट क्लवलाई ५ विकेटले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको तातापानिले १९ ओभरमा अलआउँल हुदै ९९ रन मात्र बनाउँन सक्यो ।

१ सय रनको झिनो लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको एबिसीले २७ बल बाकी छदै लक्ष्य पुरा गरेको हो ।

एबिसीका लागी सम्राट राईले ३४ तथा रबीन्द्र शाहीले २० रनको योग्दान दिए । चार ओभर बलिङ गर्दै जम्मा १४ रन मात्र दिनु भएको एबिसीका सुशिल बिसि म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा भोली पनि दुई खेल हुदै छन । सोबार बिहान हुने पहिलो खेलमा जाजरकोट युथ क्रिकेट क्लब र भेक्टर स्टार क्लब मैदान उत्रदै छन ।

आफ्नो दोस्रो खेलमा पराजित भएको जाजरकोटलाई आज सोमबारको खेल जित्नै पर्ने दबाब छ भने भेक्टर पनि प्रतियोगितामा टिकिरहन चाहाँन्छ ।

सोमबार दिउँसो हुने दास्रो खेलमा तातापानि क्रिकेट क्लब र योङस्टार आमने सामने हुने आयोजकले जनाएको छ ।