२०७७ कार्तिक ११, मंगलवार

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका लागि जनमत बनाउछौ ः भट्टराई

छ नम्बर प्रदेश देशकै सबैभन्दा सम्बृद्ध प्रदेश


Baburam bhattraसुर्खेत, साउन १३ ।

नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिका लागि जनमत तयार गर्ने बताएका छन् ।
आफूहरु वर्तमान शासन प्रणालीको बिरुद्धमा भएको भन्दै उनले स्थायी सकार र समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्टपतिका लागि अब जनदवावका कार्यक्रमहरु ल्याउन बताए ।

प्रदेश नं. ६ को बैठमा सहभागी हुन आएका डा. भट्टराईले विहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् । पत्रकार सम्मेलनमा लामो समय माओवाद िकेन्द्रको आलोचना गरेका उनले स्थायी सरकार मात्रै समृद्धिको आधार भएको बताएका थिए ।
अहिले सरकार बनाउने र गिराउने खेलले गर्दा नेपाली जनताहरु पनि आजित भएको र यो देशका लागि घातक भएको भन्दै उनले अब आफ्नो पार्टी यसका बिरुद्ध लाग्ने बताउ ।

भट्टराईले प्रचण्ड नेतेत्वको माओवादीलाई फोहोर कपडा सफा गर्ने ‘वासिङ मेशिन’ को संज्ञासमेत दिए । ‘‘माओवादी केन्द्रले कहिले एमाले र कहिले कांग्रेसलाई चोख्याउने फोहोरी खेल खेलिरहेको छ,’ डा. भट्टराईले भने, ‘यसरी हेर्दा माओवादीका फोहोर कपडा सफा गर्ने ‘वासिङ मेशिन’ जस्तो मात्र भएको छ ।’’

Baburam-Bhattarai-Briefs-Mediaउनले माओवादीले अरुको भ¥याङ बनेर सत्तामा जाने र स्वार्थ पूरा गर्ने बाहेक देश बनाउने कुनै काम गर्न नसक्ने पनि उनले दाबी गरे । माओवादीसँग सत्तामा जाने र केही कमाउने बाहेक अरु एजेण्डा नभएको उनको भनाई छ । माओवादीले जनयुद्धका मुद्दाहरु छोडेको तर्फ संकेत गर्दै उनले अवसरवादी बनेको आरोप लगाए । अधिकाशं समय प्रचण्ड र माओवादीको आलोचनामा खर्चेका भट्टराइले अहिले तेस्रो दलले सरकारको नेतृत् वगर्न असरबादी सोच भएको भन्दै माओवादीलाई अवसरबादी भएको आरोप लगाएका थिए ।

पत्रकारहरुसंग कुराकानी गर्दै बाबुरामले सत्ता परिवर्तनको चक्र स्वभाविक भए पनि ९÷९ महिनामा सरकार परिवर्तन गर्ने संसकार बेठिक भएको दाबी गरे । ‘‘यस्तो संस्कारले देश समुन्त हुँदैन,’ उनले भने । उनले नयाँ शक्ति नेपाल स्थायी सरकारको पक्षमा रहेको बताए । प्रचण्डले आफूलाई भारत निकटको भनेर आरोप लगाउने गरेको भन्ने पश्नमा उनले त्यस्तो आरोप लगाउनुको कुनै तुक नभएको दाबी गरे । ‘‘सरकार ढल्ने र बन्ने नेपालको आन्तरिक मामिला हो,’ उनले भने, ‘त्यसैले सरकार परिवर्तनको विषयलाई लिएर बाह्य शक्तिसँग जोड्नु गलत छ ।

यस्तो सोँचले नेपालीको शीर कहिल्यै ठाडो हुदैन, सधैँ निहुरिन्छ ।’ नयाँ शक्ति भारत र चीन दुबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्नु नै नेपालका लागि हित हुने उनले बताए । जनताको अभिमत नलिएरै चोरबाटोबाट सरकारमा जाने प्रवृति हाबी हुँदै गएको भन्दै उनले नयाँ शक्ति नेपाल जनताको अभिमतबाट पहिलो पार्टी बनेर मात्रै सरकारमा जाने बताए । आफू सरकार ढाल्ने र बनाउने खेलमा नभएकाले नयाँ सरकार कसको इसारामा ढल्यो र कसको इसारामा बन्दैछ भन्नेबारे आफूलाई नभई प्रचण्डलाई सोध्नुपर्ने डा. भट्टराईको भनाई थियो ।

संयोजक भट्टराईले सुर्खेतमा, कानुनव्यवसायीहरु, उपप्राध्यापकहरु, उद्योगी, व्यवसायीहरुसंग पनि अन्तरक्रिया कार्यक्रम गरेका थिए । बिहान भएको छैठौ प्रदेको विकाश सम्बृद्धिका विषयमा भएको अन्तरक्रियामा भट्टराइले देशको सबैभन्दा सम्पन्न प्रदेश यो प्रदेश हुने दावि गरे । उनले जलश्रोत,जडिबुटि,पर्यटन र कृषीको विकाश गरे केहि वर्षमै देशको सबैभन्दा सम्पन्न प्रदेश हुने उनको भनाइ थियो । देशकै सबैभन्दा धेरै प्राकृतिक श्रोत साधन भएको प्रदेश छ नम्बर प्रदेश भएको भन्दै कृषीमा आधुनिकीकरण र व्यवसायिकरण गरे सम्बृद्धि छिट्टै आउने उनको भनाइ छ ।