२०७७ मंसिर २०, शनिबार

प्रधानमन्त्रीसँग गुडविल फाउन्डेसनका जनरल सेक्रेटरीको भेट

22222222222काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग गुडविल फाउन्डेसनका जनरल सेक्रेटरी माझी जियाङले भेट गरी प्रधानमन्त्रीलाई शुभकामना व्यक्त गर्दै कार्यकालको सफलताको शुभकामना दिनुभएको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा जियाङले प्रधानमन्त्री प्रचण्डको कार्याकालमा नेपालले विकास र समृद्धिमा प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

भेटका अवसरमा प्रधानमन्त्रीले नेपालको विकासमा चीनले गर्दै आएको सहयोगका लागि धन्यवाद दिँदै सरकार राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा परिवर्तन र प्रगतिका लागि क्रियाशील रहेको जानकारी दिनुभयो ।