२०७७ माघ १२, सोमबार

कृषिमा आकर्षण र बजार मूल्य– ‘सम्पादकीय’

हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख श्रोत कृषि हो । कृषि छेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ र हाम्रो देशको कुल ग्राहस्र्थ उत्पादनको ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादनमार्फत् प्राप्त हुन्छ । यस अर्थमा कृषि हाम्रो देशको प्रमुख पेशा र प्रमुखउद्यम हो, देशको मुख्य जीवनशैली हो ।

कृषि प्रणालीलाई अपनाउने क्रममा परम्परागत खेतीपातीले जिविकोपार्जन गर्न धौ–धौ भएपछि हिजोआज धारापानी हिलेका कृषकले तरकारी खेतीबाट जीविकोपार्जन गर्दै आएका छन् । यहाँका स्थानीय कृषक व्यावसायिक तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । हाल सो क्षेत्रका कृषकक लागि तरकारी खेती आयआर्जनको विकल्पका रूपमा रहेको छ ।

परम्परागत रूपले तरकारी खेती थालेका उनीहरूले तरकारीबाट आफ्नो परिवार पाल्ने खर्च जुटाउने गरेका छन् । सो क्षेत्रका कृषकहरू बेमौसमी तरकारीबाट कमाई राम्रो भएको बताएका छन् ।

केही वर्ष अघि युएसआइडी नेपाल सिप्रेडले बीऊबिज वितरण गरेपछि कृषकहरूमा तरकारी खेतीमा रूचि जागेको स्थानीयको भनाइ छ । आफूहरूले उत्पादन गरेको तरकारीले मूल्य नपाएकोमा किसानहरू चिन्तित देखिन्छन् । मूल्य नपाउँदा नपाउँदै पनि भारततर्फ मजदूरी गर्न गएका हिलेका धेरै बासिन्दा स्वदेश फर्किएर व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भइरहेका छन् । तर बजारको व्यवस्था सरकारले उचित मूल्यमा गर्नु जरूरी छ ।

किसानले उत्पादन गरेको तरकारीको उचित बजार मूल्य कायम गराउन कृषिसँग सम्बन्धित निकायले पहल गर्नुपर्छ । जसले गर्दा लगानीको प्रतिफल प्राप्त भई अरू व्यक्तिहरू पनि कृषिमा आकर्षित हुन सकुन् ।देशमा बेरोजगार भई अन्य देशमा पसिना बगाउनहिँडेका यवुाहरू फकेर्र आफ्नै जन्मभूमिमा आफ्नो परिवारसँग बसी राम्रो जीविकोपार्जन गर्न सकुन् र देश तरकारीमा आत्मनिर्भर भई वार्षिकरूपमा बाहिरिने अरबौं रूपैयाँ देशभित्रै खपत होस् ।