२०७७ मंसिर १३, शनिबार

चाडपर्वमा बनाइने सुर्खेतका मिठाईमा रड्डको प्रयोग

सुर्खेत,  । पछिल्लो समय बजारमा अधिकांंश मिठाई पसलहरूमा रङ्ग प्रयोग गरेर बनार्ईएको मिठाई पाइएको छ ।
मंगलबार जिल्ला प्रशासन कार्यालय, सुर्खेतले गरेको अनुगमनका क्रममा वीरेन्द्रनगरस्थित मुख्य बजारमा रहेका अधिकांश मिठाई पसलहरूले रङ्गहरू प्रयोग गरेर मिठाई बनाइएको पाइएको हो ।

गणेश चौकदेखि मंगलगढी चौकसम्म ९ ओटा पसलहरूमा रङ्गको प्रयोग गरेको पाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले जानकारी दिए ।

यस्तै, अनुगमनका क्रममा तीन ओटा मिठाई पसल एउटै नामको साइन बोर्ड राखेर सञ्चालनमा ल्याईएको पाइएको छ । वीरेन्द्र चौक, गोदामलाइन र जुम्लारोडमा रहेको मिठाई पसलहरू एउटै सगरमाथा मिठाई पसल नाम राखी सञ्चालनमा ल्याईएको अनुगमनका क्रममा पाइएको हो ।

अनुगमनका क्रममा मिठाई स्थानीय स्तरमा बनेको भए पनि मिठाई बनाउनका लागि प्रयोग हुने कच्चा पदार्थ भारतबाट आयात भएको पाइएको छ ।

साथै केही मिठाई पसलहरूमा कम्पनीको नाम भएको भारतबाट आयात गरी बिक्री गर्न
राखिएको मिठाईलाई अनुमगन टोलीले बरामद गरेको छ
यसैबीच, गोदामलाइनमा रहेका ४ वटा रेष्टुरेन्टको समेत अनुगमन गरिएको थियो । अनुगमन गरेका रेष्टुरेण्टहरू सरसफाई गरिएको पाइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेको नेतृत्वमा गएको सुयंक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, राष्ट्रिय अनुसन्धान, सुर्खेतका अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय, सुर्खेतका खरिदार बखतबहादुर शाही लगायतको उपस्थिति थियो ।