२०७७ माघ १२, सोमबार

सिम्तामा माओवादीको अगुवा कार्यकर्ता भेला

सुर्खेत,  । नेकपा माओवादी (केन्द्र) सिम्तामा ईलाका स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । आगामी निर्वाचनको तयारी तथा आन्तरिक पार्टी सुदृढीकरणका विषयमा भेलामा छलफल भएको छ ।

अगुवा कार्यकर्ता भेलाले सिम्ता ईलाकाअन्तर्गत पर्ने सबै गाउँ विकास समितिहरूमा गाविस स्तरीय अगुवा कार्यकर्ताहरूको भेला गर्ने निर्णयसमेत गरेको छ ।

भेलामा सिम्ताका अगुवा माओवादी कार्यकर्ताहरूले अहिले पनि माओवादीहरूप्रति आम नागरिकहरूको समर्थन र चासो बढिरहेको भन्दै स्थानीय निर्वाचनमा जनताको प्रतिनिधित्व गर्ने योजना र कार्यक्रम भए आफ्नो पक्षमा नतिजा पार्न सकिने दावी गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्र, सुर्खेतका संयोजक कृष्ण जिसीले आगामी स्थानीय निर्वाचनको मिति अगाडी पार्टी संगठनको आन्तरिक सुदृढीकरणमा जुट्न निर्देशन दिएका थिए ।

त्यसलगत्तै निर्वाचनको रणनीति गराएर अगाडि बढ्नसमेत निर्देशन दिए । त्यस्तै, अर्का नेता ठम्मर बिष्टले सिम्ता जनयुद्धकालदेखि नै माओवादीको पक्षमा भएको स्मरण गर्दै अब फेरि नयाँ संकल्पका साथ माओवादी किल्लाका रूपमा विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा जिल्ला स्तरका नेताहरू हरिमाया शर्मा, प्रशान्त आरसी, झुपबहादुर बुढा, चित्रबहादुर हमाल लगायतका नेताहरूको सहभागिता रहेको थियो