माओवादी केन्द्रको किसानको अध्यक्षमाआचार्य
सुर्खेत,कात्तिक नेकपा (माओवादी केन्द्र) को अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) सुर्खेतको अध्यक्षमा टेकराज आचार्य चयन भएका छन् ।
बुधबार सम्पन्नभएको एकता भेलाबाट आचार्यको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाmे हो ।
समितिको उपाध्यक्षहरुमा जंगबहादुर वी.सी., डिल्लीप्रसाद घिमिरे र डम्मर राना, सचिवमा लक्ष्मीप्रसाद आचार्य, सहसचिवमा मानबहादुर घर्ती र कोषाध्यक्षमा यामुना चालिसे चयन भएका छन् ।
शक्तिबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रम संगठनका केन्द्रीय सचिव तथा प्रदेशनं. ६ का अध्यक्ष रेशम जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जि.सी., राष्ट्रिय महाधिबेशन आयोजक समितिसदस्य जितबहादुर राना, लोकेन्द्र राना, दानसिंह सुनार लगायतको सहभागिता रहेको थियो ।
भेलाले एक महिनाभित्र किसानका गाउँ भेला सम्पन्न गरी कमिटी गठन गरिसक्ने निर्णय गरेको छ ।