२०७७ कार्तिक १५, शनिबार

स्थानीय तह पुर्नसंरचनाको काम पहिलो चरणमा सिमाकंनको छलफल त्यसपछि केन्द्र र नामांकन

simaसुर्खेत, साउन १४ । राज्य पुर्नसरचना आयोग अन्तरगत गाउँ पालिकाको संख्या निधारण र सिमाङ्गन सम्बन्धि जिल्लामा गठित प्राविधीक समितिले जिल्लास्थित विभिन्न निकायहरुसंग सुझाब संकलन गरिरहेको छ । केहि दिन विभिन्न तयारी गरेर प्राविधिक समिति निर्माण गरेको जिल्लाको पुर्नसरचनाको खाकामा विभिन्न पक्षसग सुझाब मागिरहेको छ ।

जिल्लालाई ३ नगरपालीका र ५ गाउ पालिका गर्ने प्रस्ताब गरेको समितिले राजनितिक दलहरुसंग बुधबार सुझाब माग्यो त्यस्तै विहीवार विहान जिल्लास्थित सरकारी कार्यालय र दिउसो सञ्चारकर्मी तथा नागरिक समाजका अगुवासंग सुझाब संकलन गरेको छ । विहिवार विभिन्न तह र निकाय स्थानीय तह पुर्नसंरचना प्राविधिक समितिले गरेको छलफल कार्यक्रमका सहभागीले माथिबाटै जिल्लाको गाउ पालिका र नगरपालिका एकदम न्युन संख्यामा बनाएको भन्दै यो मापदण्ड अवैज्ञानिक र अव्यवहारिक भएको आरोप लगाएका छन । बुधवार र विहीवार संकलन गरिएको सुझाबमा अधिकांशले जिल्लामा गराउने ८ तहको पुर्नसरचनालाई बढाउनुपर्नेमा जोड दिए ।

उनिहरुले स्थानीय निकाय पुर्नसंरचनाको नाममा जनताका अधिकारलाई कटौती गर्न खोजेको आरोप लगाउदै गाउँ पालिकाको संख्या निधारण र सिमाङ्गन हेरफेर गर्न सुुझाव दिएका छन । अहिले कायम गरिएको गाउँ पालिकाको वढाउनु पर्ने र सवैलाई सुविधा हुने गरी सिमाङ्गन निर्धारण गर्नु पर्नेमा उनीहरुले जोड दिएका छन । संघिय सिमाकंनको नाममा विकेन्द्रीकरणको साटो थप केन्द्रिकरण भैरहेको उनिहरुको आरोप छ ।

विहीवार भएको सुझाब संकलनमा सुर्खेत उद्योग वाणीज्य संघका अध्यक्ष प्रकाश अधिकारी,गैर सरकारी संस्था महासंघका अध्यक्ष हरिप्रसाद अधिकारी पत्रकार महासंघका अध्यक्ष गणेशकञ्चन भारती लगाएतले सुझाब दिएका थिए । प्राविधिक समितिले जिल्लाका ८ वटै क्षेत्रमा पुगेर सुझाब संकलन गर्ने बताएको छ ।

पहिले सिमांकनको नाम टुगाई सकेपछि नाम वडाको विभाजन र गाउपालीका तथा नगरपालीकाको केन्द्रका बारेमा सम्बन्धित क्षेत्रमै पुगेर टुगाउने समितिका संयोजक तथा सुर्खेतका स्थानिय विकाश अधिकारी हिरालाल रेग्मीले बताए । रेग्मीले भने पटक पटक गरेर हामिले अहिले सबैसंग सुझाब संकलन गर्छौ,स्थानिय स्तरमा पुगेर केन्द्र र नामको टुगो लगाउछौ ।