२०७७ मंसिर १०, बुधबार

सामाजिक कानुनी सहायता केन्द्रद्धरा अन्तरक्रिया

सुर्खेत कार्तिक। वीरेन्द्रनगर बजार स्थित होटल डि नमस्ते नेपालको सभाहलमा सामाजिक कानुनी सहायता केन्द्रले न्यायसँग सम्बन्धित सवालहरुमा समन्वय स्थापना विषय एक दिन अन्र्तकृया कार्यक्रम सम्पन्न गरेको छ ।

पछिल्लो त्रैमासिक २०१६ अप्रिल देखि सेप्टेम्बर ११ सम्मको सामाजिक कानुनी सहायता केन्द्र सुर्खेतकोे क्रियाकलाप सरोकारवाला तथा संचारकर्मी समक्ष प्रतिवेदन सार्वजानिक गरिएको छ ।

देशभर सामाजिक कानुनी सहायता केन्द्र १० ओटा रहेका छन । जस मध्ये १ अगस्ट २०१५ मा स्थापना भई सुर्खेतमा सेवा प्रारम्भ गरेको छ । सहायता केन्द्रले जिल््ला स्थित विभिन्न सरोकारवाला निकाय, जिल्ला अदालतसँग प्रत्यक्ष सहकार्य गरी कानुनु परामर्श, घुम्ती कानुनी परामर्श सेवा प्रदान गर्दछ ।

कार्यक्रमको जिल्ला सहायक न्यायधिबक्ता धमानन्र्द नाथले अध्यक्षता गरेका थिए । प्रमुख अतिथि जिल्ला बार एशोसिएशनका विद्याभुषण मान्धरको रहको थियो । , संचारकर्मी, सरोकारवाला निकाय, राजनीतिक दलका प्रतिनिधी तथा प्रमुख, गैह्रसरकारी तथा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीको उपस्थिति रहेको थियो । सामाजिक कानुनी सहायता केन्द्र सुर्खेतको दोश्रो त्रैमासिक प्रगति प्रतिवेदन यस्तो छ । सामाजिक कानुनी सहायता केन्द्रले प्रदान गर्ने दिने सेवाहरु
१. निशुल्क कानुनी परामर्श,
२. निशुल्क लिखत तयार
,३. अदालती दस्तुर
४. सेवाप्रदान गर्दा
३ दिनसम्म खानेबस्ने सेवा
५.पिडितलाई र निज अशक्त भएमा सहउोगी १ जना लाई समेतआउने जाने वातावरण सेवा
६.मनोविमर्श
७.न्यायीक अर्धन्यीक निकायमा पिडितका तर्फबाट प्रतिनिधित्व
८.कारागार हिरासत भेटभाट र सिफारिस भएका असमर्थ पक्षलाई कानुनी सेवा
९.गाविस स्तरिय कानुनी सचेतना सेवा रहेको छन ।

भने सामाजिक कानुनी सहायता केन्द्रले सिफारिस भई आएका सेवागाह्रीहरु वामबाट १ जना,आवाजबाट,८ जना,प्रहरी कार्यालयबाट,४ जना,पूर्वसेवागाह्रीबाट,६ जना गाविस र विद्यालय स्तरियस.चेतना एव घुम्ती सिवीर कार्यक्रमाको प्रभावबाट,१० गरि जम्मा २९ रहेको उल्लेख छ ।

सेवागाह्रीहरुको जातिगत विवरण ब्रामह्ण क्षेत्री समुदायका १८ महिला, दलित समुदायका ८ पुरुष १ महिला र जनजाती समुदायका २ पुरुष गरी जम्मा २९ परुष र १ महिलाको समस्या समाधान गरेको अन्तरक्रिया कार्यक्रममा गत भदौ २७ देखि कात्तिक १० गते सम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै वार अधिबत्ता कृष्ण हमालले बताएका थिए ।

कार्याक्रममा नयाँ र पुराना मुद्दाहरु २०१५ का ६ वटा बाँकी रहेका छन । भने २०१६ मा ५७ वटा मुद्दा गरि जम्मा हाल सम्म ६३ रहेको बताएका छन ।

विशेष गरि सम्बन्धविच्छेक, अंश सहित सम्बन्धविच्छेद,अंश, खाना खर्च,गाली बेइज्जती,फैसला बदर बिक्री बदर, घरेलु हिंसा नाता कायमका मद्दाहरु रहेको हमालले बताएका छन ।

यसै गरि शिबिर संञ्चाल गर्ने र विभिन्न विद्यालयको लेखापढी गर्ने लगायतका कामहरु गर्दै आएको केन्द्रले यो पटक सुर्खेतका विभिन्न गाउ विकास समितीमा घुम्ती शिविर तथा सचेतना कार्यक्रम गर्ने बताएको छ ।

यहि कात्तिक २३ गते मालारानी, २४ गते घोरेटा, २५ गते काफलकोट र तातापानी, २६ गते घाटगाँउ, २७ गते गुटु र २८ गते सालकोटमा जाने तयारी रहेको हमालले जानकारी दिएका छन ।

गाविसका सचिवहरु संघ संस्थाका अगुवा र जिल्ला स्थित अर्धन्यीक निकालको सम्बन्धित विषयमा जानकारी हुनुपर्ने अन्तरक्रियामा छलफल गरिएको थियो ।

कार्याक्रममा बोल्दै विद्या भुषण मान्धरले धेरै जस्तो विदेशमा रहेका पुरुषहरुको समस्या बढि आउने गरेको र समुदायका मानिसहरुलाई सचेतना दिलाउनु पर्ने गाविसहका सचिवहरुलाई सम्बन्धित विषयको जानकार हुनु पर्ने धारणा राखेको थिए ।

यस्तै, समाजमा रहे का विभेदपुर्ण केहि मुद्दालाई स्थानिय स्तरमा सञ्चालनमा रहेको सामुदायिक मेलमिलाप केन्द्रमा नै समाधान गर्ने गरेको बताउदै सुर्खेत जिल्ला अदालतका श्रेस्तेदार विरेन्द्र बहादुर मल्लले स्थानिय स्तरमा मिल्न नसकेका समस्याहरु मात्र अदालतसम्म आउने गरेको र तीन दिन सम्म लगाएर पनि समाधान गरेको बताएका छन ।

कार्यांक्रममा अधिवक्ता प्रेमध्वज शाही,पुनरावेदन अदालतका सचिव उत्तम प्रसाद आर्चाय,जिल्ला प्रशासन कार्यालयका प्रतिनीधि,बल बहादुर खत्री,वाम सुर्खेतका कार्याक्रम संयोजक दिनेश गौतम, लगायतको उपस्थिती रहेको थिायो ।