२०७७ मंसिर १०, बुधबार

उत्कृष्ट कार्य गर्ने ८ सशस्त्र प्रहरी सम्मानित

सुर्खेत,कात्तिक ।१६ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा उत्कृतष्ट कार्य गर्ने ८ जना सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ ।

मध्यपश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय महेश्वरी बाहीनीले दिवसका अवसरमा मुख्यालय बाङगेसिमलमा कार्यक्रमकावीच विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेकोमा सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा त्रिपूरा गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी निरिक्षक जग्दिशसिहं विष्ट, बरिष्ठ हवल्दार अम्मरबहादुर महरी, रक्तकाली गणमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक रमेशकुमार सारु, सशस्त्र प्रहरी बरिष्ठ नायव निरिक्षक अशोककुमार कार्की रहेका छन् ।

यस्तै महेश्वरी बाहीनीका सशस्त्र प्रहरी नायव निरीक्षक खगेन्द्र पौडेल, जवान ललिता थापा, परिचर गेदुलाल बुढाथोकी, शैलेश्वरी गणमा कार्यरत सहायक निरिक्षक गेवबहादुर बोहरालाई पनि दिवसकै अवसरमा सम्मान गरिएको छ ।

दिवसकै अवसरमा अमर सशस्त्र प्रहरीका सन्ततिहरुलाई अध्ययन छात्रवृत्ती पनि प्रदान गरिएको छ ।

विभिन्न ठाउँ तथा कार्यमा ज्यान गुमाएका सहिद सशस्त्र प्रहरीका सन्तती अरुणा थारु, गंगा केसी, पूर्णिमा विक, सुशिल सिहं, महेशकुमार शाही, भिमबहादुर महतारा, उर्मिला गुरुङ्ग, विष्णु ज्योती, अस्मिता थापा, हेमराज बस्नेत, रेणुका चौधरी, कुलेन्द्र नेपाली लगायतलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

यस्तै एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने सशस्त्र प्रहरीका छोराछोरीलाई पनि पुरस्कार वितरण गरिएको छ ।

यसैगरी मुख्यालयले मध्यपश्चिम क्षेत्रमा कार्यरत विभिन्न खेलका उत्कृष्ट प्रहरी खेलाडीहरलाई समेत पुरस्कृत गरेको छ ।कार्यक्रममा क्षेत्रीय प्रशासक कृष्णप्रसाद देवकोटाले सशस्त्र प्रहरीले राष्ट्रको लागि पु¥याएको योगदानको प्रसंशा गरेका थिए ।

 सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठ, स्थानीय विकास अधिकारी अमृत लम्साल, डिआईजि माधवप्रसाद नेपाल, एसपि मोहन आर्चाय, नेपाल पत्रकार महासंघ,सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, प्रहरी संगठनका प्रमुख, सैनिक प्रमुख, राजनीतिक दलका प्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।