२०७७ मंसिर १५, सोमबार

स्काउटद्धारा जिशिअको स्वागत

सुर्खेत, जिल्ला स्काउट कार्यालय सुर्खेतले जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहलाई स्वागत गरेको छ ।

स्काउटले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी स्वागत गरेको हो । स्वागत कार्यक्रममा जिल्ला आयूक्त लालपुरा शाहीले जिल्ला परिषद्का अध्यक्षसमेत रहेका जिशिअ शाहलाई स्काउट प्रतिज्ञा गराएकि थिईन् ।

उक्त स्वगत कार्यक्रममा पार्वति गिरी, खडानन्द शर्मा, सुधा रेग्मी, खगेश्वर गौतम, कृष्णप्रसाद दाहाल, दानबहादुर वली, सरस्वती सापकोटा, अनन्त तिमिल्सेनालगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जिल्ला समन्वय आयूक्त डम्मरप्रसाद काफ्लेले सहजिकरण गरेका थिए ।