२०७७ माघ ४, आईतवार

उपाधिका लागि योङस्टार र एबिसी भिडने

सुर्खेतको वीरेन्द्रनगरमा जारी खुल्ला एबम कल्ब स्तरीय टि–ट्वान्टी किक्रेटको उपाधिको लागि एबीसी युथ क्रिकेट क्लब र योङ स्टार भिड्ने भएका छन ।

स्थानीय कालुङचोक मैदानमा भएको खेलमा भेक्टर स्पोट्स क्लबलाइ १० विकेटले पराजित गर्दै एबीसीले फाइनमा स्थान सुरक्षित गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको भ्याकटरले १२ दशमलब ५ ओभरमा मात्र ४६ रन बनाउन सक्यो ।

भेक्टरका लागी सन्दीप रावलले १४ सागर लम्साल १२, रन बनाउन बाहेक अरु ब्याट्स म्यानले दोहोरो अंकमा रन जोडन सकेनन ।

४७ रनको सामान्य लक्ष्य पछ्याएको एबीसीले ४ दशमल ४ ओवरमा विना विकेटको नोक्सानी आफ्नो लक्ष्य भेटाएको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेपनि जाजरकोट भने अभागि सावित भएको छ । एबिसी र जाजरकोटले समान ३–३ खेल जितेपनि जाजरकोट युथ क्रिकेट क्लब रनरेटका आधारमा पछाडी परेको हो ।

फाईनल खेल आज बिहान ११ बजेवाट सुरु हुने छ । सुर्खेत–कोरीया सम्पर्क समितीले आयोजना गरेको प्रतियोगिताको बिजेताले ३० हजार तथा उपबिजेताले १५ हजार पुरस्कार प्राप्त गर्ने छन ।