२०७७ मंसिर १३, शनिबार

कैलालीका नव यूवा वैज्ञानिकहरुको गुनासो–‘सबैबाट उपेक्षा भयो’

धनगढी,  ।14894564_558302220960928_189550165_o पाँच वर्षयता आफ्नै अथक प्रयासबाट विभिन्न वैज्ञानिक अविष्कार गर्दै आएका कैलालीका नव यूवा वैज्ञानिकहरुले सबै निकायबाट उपेक्षा भएको गुनासो गरेका छन् ।

दैनिक जीवनमा अति उपभोगी यन्त्र, उपकारणहरुको अविष्कारमा लागेका उनीहरुले शुक्रबार धनगढीमा सञ्चारकर्मीहरु संग छलफल गर्दै हालसम्म वैज्ञानिक अविष्कारमा कुनै पनि निकायले सहयोग गर्न नचाहेको गुनासो गरेका हुन् ।

रोशन देउवा,निरज शाह, रविन्द्र राना, सुदिप श्रेष्ठ, उत्तरराज जोशी, रामकृष्ण चौधरी र अर्जुन पुरी गरी सात जनाको समूहमा विभिन्न वैज्ञानिक यन्त्र अविष्कार गदै आएका उनीहरुले हालसम्म दर्जनौ उपकारण बनाई सकेका छन् ।14825785_558302770960873_1490978367_nसमूहका सदस्य रोशन देउवाका अनुसार स्मार्ट प्यान, भ्वाइस कन्ट्रोलिंग अप्लाइन्सेस, भ्वास कन्ट्रोलिंग रोबोट, स्मार्ट स्ट्रिट लाइट, एन्टी थिप कलिंग सिस्टम, ब्लाइन्ड स्टिक, अटो एरिगेसन मेसिनलगायत दर्जर्नौ उपकरणको अविष्कार गरि सकेका छन् ।

जसमध्ये स्मार्ट प्यान (पंखा) ले मान्छे अगाडी गएको खण्डमा आफै चल्ने र गएपछि बन्द हुने गर्दछ । त्यस्तै, भ्वाइस कन्ट्रोलिंग अप्लाइन्सेसले आफै बत्ती, टिभी, पंखालगायत बाल्ने र निभाउने काम गर्दछ ।14886344_558302387627578_1732050963_n-copy

भने भ्वास कन्ट्रोलिंग रोबोटले आदेश दिएपछि जाने, घुम्ने, पछाडी फर्कने काम गर्दछ । जुन रोबोटको प्रयोगसे ह्वील चियरलगायत उपकारण बनाउन सकिने बताउँछन् समूहका अर्का सदस्य रविन्द्र राना ।

त्यस्तै रानाले अविष्कार गरिएको ब्लाइन्ड स्टिक (लठ्ठी) ले जस्तो सुकै स्थानको वारेमा जानकारी गराउने र एन्टी थिप कलिंग सिस्टमले घरमा चोर पसेको बेलामा मोबाइलमा फोन गर्ने गरेको बताए ।

उनीहरुको समूहले कृषि क्षेत्रको लागि चाहिने अटो एरिगेसन मेसिन अर्थात आफै सिचाई सिचाई गर्ने मेसिन पनि अविष्कार पनि गरेको छ ।

हालसम्म करिब एक लाखको लगानीमा विभिन्न उपकरण अविष्कार गरेका उनीहरुले अन्य उपकरण बनाउनमा समेत लागेको बताएका छन् ।

तर विभिन्न सरकारी तथा गैरसरकारी निकाय संग अविष्कारको काममा केहि सहयोगको अनुरोध गर्दा आश्वासन बाहेक केहि नपाएको बताएका छन् ।

समूहका सदस्य निरज शाहले रातीको समयमा आफै बल्ने र दिउँसो आफै निभ्ने बत्ती उत्पादनको लागि धनगढी नगरपालिका, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालयलगायत निकायसंग सहयोगको लागि याचना गरेको बताए । तर आश्वासन वाहेक केहि नपाएको बताए ।

‘खेलकुदको क्षेत्रमा लगानी गर्ने निकायहरुले बहुउपयोगी वैज्ञानिक अविष्कारमा अलिकति पनि लगानी गर्न चाहेनन्’, उनले अगाडी भने–‘सहयोगको लागि अनुरोध गर्दा उहाँहरुले वैज्ञानिक अविष्कारवारे आफुहरुको कार्यक्रम नै नभएको भन्छन् ।’
राज्यको उपेक्षाको कारण नेपालमा वैज्ञानिक अनुसन्धानले गति नलिएको पनि उनीहरुको गुनासो छ ।