२०७७ माघ ७, बुधबार

एविसीलाई ३० हजार राशीको क्रिकेट उपाधि

imagesसुर्खेत,जिल्लाकै ठूलो पुरस्कार राशी रहेको क्रिकेट प्रतियागीताको उपाधिमाथि एविसी युवा क्लवले कब्जा जमाएको छ ।

शुक्रबार भएको फाइनल खेलमा योङ स्टार युवा क्लवलाई पाँच विकेटले पराजित गर्दै एविसीले उपाधिमाथि कब्जा जमाएको हो ।

प्रतियोगीताको विजयी एविसीले उपाधिसँगै ३० हजार रुपियाँ प्राप्त ग¥यो भने उपविजेता योङ स्टारले १५ हजारमा चित्त बुझायो ।

दक्षिण कोरियामा रहेका सुर्खेतीहरुको संस्था सुर्खेत–कोरिया सम्पर्क समितिले जिल्लामा पहिलो पटक ठूलो पुरस्कार राशीको क्रिकेट प्रतियोगीता आयोजना गरेको हो ।

शुक्रबार भएको फाइनलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको योङ स्टारले निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ३४ रन बनायो ।

योङ स्टारका लागि टेक सलामीले ३९, तुफान शाहले २२ र रुपक दाहालले १९ रनको योगदान दिए ।

योङ स्टारलाई सस्तैमा समेट्ने क्रममा एविसीका विशाल गुरुङले महत्वपूर्ण चार विकेट लिए भने सुशील विसीले तीन विकेट हात पारे ।

एक सय ३५ रनको लक्ष्य पाएको एविसीले १८.५ ओवरमै पाँच विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो ।

एविसीका लागि सुसान्त थापाले ४२, रविन्द्र शाहीले ३९ र लक्ष्मण खड्काले अविजित १९ रनको योगदान दिए ।