२०७७ मंसिर १०, बुधबार

मैत्रिपूर्ण फुटबल प्रतियोगिता

images-1सुर्खेत,  ।विजया दशमी तथा शुभ दिपावलीको अवसरमा नेपाल स्वास्थ्यकर्मी संघ सुर्खेतको आयोजनामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सुरु भएको छ ।

सांसद तप्तबहादुर विष्टले शुक्रवार प्रतियोगिताको उद्घाटन गर्दै संघलाई समाजमा नमूना कामहरु गर्न सुझावसमेत दिएका छन् ।

पहिलो खेल आयोजक स्वास्थ्यकर्मी संघ र निजामित कर्मचारी युनियन संघवीच भएको थियो ।जसमा स्वास्थ्यकर्मी संघले कर्मचारी युनियन संघलाई टाइब्रेकरमा पराजित गरेको छ ।

निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । जसमा स्वास्थ्यकर्मी संघ विजयी भएको थियो ।

स्वास्थ्यकर्मी संघले आज शनिवार विहान ७ बजे बाई पाएर फाइनलमा पुगेको नेपाल प्रेस युनियनसंग खेल्नेछ ।

स्वास्थ्यकर्मी संघको नेतृत्व संघका अध्यक्ष राजेश बुढा र मप क्षेत्रीय अस्पतालमा डा. विकास खड्का तथा कर्मचारी युनियन संघको नेतृत्व सहअध्यक्ष गणेश थापाले गरेको प्रतियोगिता संयोजक उदय थापाले जानकारी दिए ।