२०७७ माघ ३, शनिबार

तिहारको रमझम बढ्यो, भैली देखि सडक छेउमा पसल

14732336_1304160896292721_5288909252661722503_nसुर्खेत, यसो हेर्दा वीरेन्द्रनगरको हलचलले साँचिक्कै तिहार आएको महसुस गराएको छ ।

सडक छेउछाउमा राखिएका फुटपातका पसल, झुण्ड झुण्डमा खेलिएको भैली तथा गाँउबाट सामान किन्नको लागी बजार आएका मानिसहरुको भिंडले वीरेन्द्रनगरमा साँचिक्कै तिहार छाएको महसुस गराएको छ ।

तिहारको पहिलो दिन र दोस्रो दिन शुक्रबारसम्म सामान्य रहेको वीरेन्द्रनगरको हलचल तेस्रो दिन शनीबार एक्कासी बढेको छ । तिहारमा प्रयोग हुने सप्तरङ्गी माला, सप्तैरङ्गी टीका तथा अन्य सजावटका सामानका साथै खाद्य परिकारहरु खरिद गर्नका लागी वीरेन्द्रनगर आउनेको संख्यामा पनि उतिकै बृद्धि भएको छ ।

नेपालीहरुको महान पर्व शुभ दिपावली (तिहार) घरको आगनमा आईपुग्दा नागरीकको मनमा खुशियाली त छदैं छ यसमै पनि विभिन्न सजिसजाउका सामानहरु किन्नेको लर्को पशलहरुमा देख्न पाईन्छ ।

वीरेन्द्रनगरको वीरेन्द्रचौक लगायत सुर्खेत वरिपरीका विभिन्न बजारका पसलहरुमा पनि यस्तै भिड रहेको छ । कपडा पसल, टीका पसल, मिठाई पसल, फलफुल तथा अन्य सजावटका सामान पसलहरुमा मानिसको भिड उस्तै छ ।

ब्यापारीहरुले राम्रो कमाई हुने आशामा चोक चोकमा पाल हालेरै भएपनि फुटकर पसल राखेका छन् । टीका–माला, मिठाईका प्रकार, होलसेल कपडा, फलफुल तथा तरकारीका स–साना पसलले वीरेन्द्रनगर सुखेृतको माहोल नै परिवर्तन गराएको छ ।

अन्य समयमा भन्दा यो समयमा अलि बढी सामान बिक्री हुने र ग्राहकको मागलाई सजिलै पुर्ती गर्नलाई यस्ता पसल राखेको एक ब्यापारी बताउछन् । उनले आफुले पनि सप्तरङ्गी टीका बेचिरहेका छन् ।

वीरेन्द्रनगर सुर्खेतले गुणस्तर चेकजाँचका लागी भन्दै वीगतका दिनमा चौकका फुटपात पसलहरु निरिक्षण गर्ने र उठाउने जस्ता कार्य गरेपनि तिहारको अबसरमा छुटदिएको छ ।

यसैगरी, परम्परागत संस्कृतीलाई बचाईराख्न कै लागी पनि वीरेन्द्रनगरका संघसंगठन तथा साधारण नागरीक पनि देउसी भैली खेल्नमा ब्यस्त रहेका छन् । वीरेन्द्रनगर सुर्खेतको होटेल ब्यवसायी संघले पनि वीरेन्द्रनगर बजारमा भैली कार्यक्रम गरको छ । सुर्खेतमा संचालनमा रहेका होटेलहरुको छाता संगठन होटल ब्यवहसायी संघको आयोजनामा भैली खेलिएको हो ।