२०७७ मंसिर १५, सोमबार

स्थानीयद्वारा प्रहरीचौकी आक्रमण

सुर्खेत, मnepal-police-650x325दिरा सेवनका विषयमा विवाद हुँदा सुर्खेतको आग्रीगाउँ गाविसमा प्रहरी चौकीमा स्थानीय नागरिकले आक्रमण गरेका छन ।

सामान्य विवादले उग्र रुप लिएको हो । स्थानीय देउली प्रहरी चौकीमा स्थानीय काफलकोट ९ का युवाहरुले चौकी कब्जा गरेर प्रहरीको दुई थान थ्रिनट थ्रि राइफल,१ थान पेस्तोल, ५० राउण्ड गोली र १ थान हतकडी लुटेका छन ।

प्रहरी चौकीमा आक्रमण भएपछि सदरमुखकाम वीरेन्द्रनगरबाट राती जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक एसपी मोहन आचार्य नेतुत्वको टोली घटना स्थलमा पुगेको छ ।

सामान्य विवाद आगी्रगाउँसँग जोडिएको काफलकोट गाविसका युवा र प्रहरीबीच केहीबेर सामान्य विवाद भएको हो ।

सोही विवादमा मुछिएका प्रहरी जवान नरबहादुर विकलाई सरुवा गर्ने स्थानीय नागरिक र प्रहरी बीच सहमति भएको थियो ।

त्यही सहाति प्रहरीले नमानेको भन्दै करिब ७÷८ जनाको संख्यामा स्थानीय नागरिकहरुले घरेलु हतियार बञ्चरो, आँसी बोकेर प्रहरीचौकी आक्रमण गर्ने पुगेका हुन । प्रहरीचौकीमा तोडफोड गरि हतियार खोसेर लिएका छन ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार मदिरा सेवन गरेका स्थानीय युवा र प्रहरीबीच विवाद भएको बताएका छन ।

विवादपछि स्थानीय युवाहरुले घरेलु हतियार सहित राती चौकीमै आक्रमण गरेको क्षेत्रीय प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरिक्षक डीआईजी माधवप्रसाद नेपालले चौकीमा आक्रमण भएको र हतियार समेत खोसिएको बताएका छन ।

लुटिएका हतियार प्रहरीले आज नियन्त्रणमा लिइसकेको र पाँच जनालाई पक्राउ गरिएको बताएको छ ।

प्रहरीकाअनुसार स्थानीय नागरिकले चौकीबाट दुई थान राइफल, एउटा पेस्तोल र एक सय ५० राउण्ड गोली र १ थान हतकडी लुटेका हुन ।

प्रहरीले सवै हतियार फेला पारिएको दावी गरे पनि ५० राउण्ड गोली भने हालसम्म फेला नपरेको प्रहरी श्रोतले जनकारी दिएको छ ।

घटनापछि अवस्था तनावपूर्ण बनेको छ । अहिले घटनास्थलमा व्यापक रुपमा प्रहरी परिचालन गरेको स्थानीय नागरिक भुपालसिंह ठकुरीले बताएका छन ।

ठकुरीका अनुसार प्रहरीले फेला नपरेका हतियार तत्काल बुझाउन स्थानीय नागरिकसँग हार गुहार गरिरहेको बताएका छन ।

लुटिएका केही हतियार स्थानीय खोला र गाउँलेको घरमा फेला पारेको प्रहरीको भनाई छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले काफलकोट–९ का केशरसिंह ठकुरी, तिलक सिंह, प्रेम खत्री, चित्रबहादुर केसी र चन्द्रबहादुर सिंहलगायत पाँच जनालाई नियन्त्रणमा लिएको डीआईजी नेपालले जानकारी दिएका छन अन्यको प्रहरीले खाजी कार्य गरिरहेको छ ।