२०७७ मंसिर १४, आईतवार

देउसीभैलो खेलेको रुपैयाँले कम्प्युटर कक्षा

हुम्ला जिल्लामा रहेको खार्पुनाथ गाविस अन्तरगर्त मानधार माध्यामिकले कप्युटर कक्षा सञ्चालन गर्ने भन्दै देउसी भैलो खेलको थिए ।

देउसी भैलो बाट संकलन रहेको रुपैयाले विद्यालयमा कम्प्युटर कक्षा गर्ने भएको छ ।

खापुनार्थ गाविसको १देखि ९ वडा सम्मका घरधुरीहरुले सहयोग गरेको छन ।

देउसीभैलो बाट मानधारा माध्यमिक विद्यालय कक्षा ६ देखि १० सम्म अध्ययान गर्ने विद्यार्थीप्रति कक्षामा एक ल्यापटप किन्ने अभियानमा रहेको मानधारा माध्यामिक विद्यालयका प्राधानध्यापक दिलबहादुर शाहीले जानकारी दिएका छन ।

शाहीका अनुसार देउसीभैलौबाट २ लाख १ हजार रुपैया संकलन भएको रकम कार्तिक १२१ गतेबाटै देउसी खेल्न सूरु भएको बताएका छन ।

विद्यालयमा कम्युटर शिक्षा संचालन गर्ने तयारी भईरहेको अवस्थामा विद्यालयले देउसी भैलो खेलेर स्थानीय बासिन्दाहरुले १० रुपैयाँ हजार सम्म चन्दा सहयोग गरेको प्रधानध्यापक शाहीले बताएका छन ।

खार्पुनाथ गाविस भित्रै कम्युटर किन्नको लागि यो अभियानमा आफुहरुले पहल गरेको शाहीको दाबी गरेको छन । सहयोग गर्ने सवैलाई विद्यालयले धन्यवाद समेत दिएको छ ।

देउसी भैलौ अभियान विद्यालय व्यवस्थापन समिति शिक्षक, विद्यार्थीहरुको उल्लेखिय सहभागिता रहेको प्रधानध्यापक शाहीले बताउएका छन ।