२०७७ मंसिर ८, सोमबार

यस्तो बन्ने भयो पुनरसंरचनामा सुर्खेत

ppppसुर्खेत, ।यस अघि ८ वटा स्थानीय तह रहने गरी पुनरसंरचना गरिएको सुर्खेतमा अब ९ वटा स्थानीय तह रहने भएका छन् ।

केही मापदण्ड परिवर्तन गरी पुनः पुनरसंरचना गर्नुपर्ने भएपछि सुर्खेतमा बढीमा ९ वटा स्थानीय तह हुने उल्लेख गरिएको थियो ।

सोही अनुसार यहाँको स्थानीय तह पुनरसंरचना समितिले ९ वटा स्थानीय तहको सीमा र नामसहित टुङगो लगाएको छ ।

यस अघि चार नगरपालिका सरकार र चार गाउँपालिका सरकार रहने गरी पुनर संरचना गरिएकोमा अव भने सुर्खेतमा पाँच गाउँपालिकार चारवटा नगरपालिका हुने भएका छन् ।

प्राविधिक समितिले शुक्रबार सम्पन्न भएको अन्तिम कार्यशाला गोष्ठीमा सर्वदलीय सहमति भएको पुनरसंरचनाको खाका प्रस्तुत गरेको हो ।

उक्त खाका अनुसार सुर्खेतमा अब वीरेन्द्रनगर नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका र गुर्भाकोट गरी चारवटा नगरपालिका हुने भएका छन् । यस्तै चौकुने, बराह, चिङगाड, लेखबेसी र सिम्ता गाउँपालिका हुने भएका छन् ।

वीरेन्द्रनगर नगरपालिकामा साविकका रतु, गर्पन गाविस र गढी गाविसलाई समेटिएको छ

 भेरीगंगा नगरपालिकामा लेखपराजुल पुरै गाविस गाविएको छ । यस्तै छाप्रे, विद्यापुर, वावियाचौर, सालकोट र तातापानी गाविसलाई समेटेर उत्तरदक्षिणको भुगोलमा पञ्चपुरी नगरपालिका बनाइएको छ ।

अर्काे नगरपालिका गुर्भाकोटमा पहिलेको शुभाघाट नगरपालिका, धारापानी, मालारानी, र साहारे गाविसलाई समेटिएको छ ।

यस्तै नयाँ थपिएको लेखबेसी गाउँपालिकामा साटाखानी, कल्याण, नेटा, दशरथपूर र लेखफर्सा गाविसलाई समेटिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा लगाम, बेतान, विजौरा, गुटु र घाटगाउँ गाविस रहेका छन् ।

यस्तै बराह गाउँपालिकामा पोखरीकाँडा, कुनारथरी, तरंगा, लेखगाउँ र हरिहरपूर गाविसहरु परेका छन् ।

यता उत्तरपूर्वी सुर्खेतको चिङ्गाड गाउँपालिकामा साविकका मटेला, अवलचिङ, पाम्का, रानिबास र रजेना गाविस परेका छन

भने पूवी सुर्खेतको सिम्ता गाउँपालिकामा साविकका घोरेटा, काफलकोट, आग्रिगाउँ, बजेडिचौर, खानीखोला, डाँडाखाली, राकम र काप्रिचौर गरी ८ गाविसहरु रहेका छन् ।

प्राविधिक समितिले गाउँपालिका र नगरपालिकाको वडा संख्या र केन्द्र पनि प्रस्ताव गरेको छ । प्राविधिक समितिका अनुसार चौकुने गाउँपालिकामा ९ वटा वडाहरु रहने र केन्द्य्र विजौरा गाविस वा गुटु गाविस हुनेछ ।

यस्तै पञ्चपुरी नगरपालिकाका ११ वडाहरु र केन्द्र बाबियाचौर गाविसकको ५ वा ६ नं. वडालाई प्रस्ताव गरिएको छ ।

यसैगरी वीरेन्द्रनगर नगरपालिकाका वडाहरु १६ वटा हुनेछन भने केन्द्र साविककै वीरेन्द्रनगर हुनेछ । ६ वडा प्रस्ताव गरिएको चिङगाड गाउँपालिकाको केन्द्र पाम्का–७ वा अवलचिङ गाविसको ४ नं. वडा हुनेछ उल्लेख गरिएको छ ।