२०७७ माघ १२, सोमबार

देउली घटनामा संलग्नलाई मुद्दा दायर

mohan-acharya-spसुर्खेत, पूर्वी सुर्खेतको आग्रीगाउँ गाविसको देउली प्रहरी चौकीमा गत मङ्गलबार राती आक्रमण गरी हतियार कब्जा गर्ने माथि प्रहरीले मद्दा चलाएको छ ।

काफलकोटका स्थानीय युवा र प्रहरी जवानविच सामान्य विबाद भएपछि चौकी आक्रमण गरेका व्यक्तिहरु विरुद्ध प्रहरीले मुद्दा चलाएको हो ।

घटनामा संलग्न सबैलाई पक्राउ गर्न नसकिएपनि पक्राउ परेका बलबहादुर सिंह भनिने कृष्ण सिंहलाई हातहतियार, खरखजना तथा डाँका ऐन अनुसार मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मोहनकुमार आचार्यले जानकारी दिए ।

एसपी आचार्यले केहीलाई अनुसन्धानका लागि ल्याइएको भएपनि अन्य खास संलग्न व्यक्तिहरु भने फरार रहेको बताए ।

घटनामा संलग्न भएका विपि, दिलिप, रविन्द्र, गणेश, कुँवेर, प्रकाश र बलबहादुर सिंह र अर्का एक जना रेशम बहादुर खत्रीको खोजि भइरहेको एसपि आचार्यले बताए ।

उनले आफूहरुले निर्दाेष व्यक्तिहरुलाई कुनै असर नपर्ने गरी दोषिहरुलाई कानुनी दायरामा ल्याउने बताए ।

यस्तै प्रहरीले चौकीबाट कब्जा गरिएका हतियार र सबै गोलीहरु पनि सबै बरामद गरिएको बताए ।

देउली प्रहरी चौकीमा मङ्गलबार राती करिव साढे ८ बजेतिर घटना भएको थियो ।