२०७७ माघ ३, शनिबार

ठेकेदारको लापरबाहीले स्थानीयलाई सास्ती

सडक निर्माणले सास्ती भएको भन्दै सडक अवरुद्ध पार्दै स्थानीय महिलाहरु ।
सडक निर्माणले सास्ती भएको भन्दै सडक अवरुद्ध पार्दै स्थानीय महिलाहरु ।

सुर्खेत, रत्न राजमार्ग अन्तर्गतको यहाँको वीरेन्द्रनगरको धुलियाविट–बजार निर्माणाधिन चारलाइन सडकले नागरिकहरुलाई सास्ती भएको छ ।

सडक निर्माण गर्दा ठेकेदारले वातावरणीय प्रभावलाई ध्यान नदिदा स्थानीय नागरिकहरुलाई समस्या भएको छ । सडक निर्माणका क्रममा निर्माण कम्पनीले धुलाम्य सडकमा पानी नहाल्दा नजिकका बासिन्दालाई श्यासप्रश्वासमा समेत समस्या देखिएको छ ।

सडक निर्माण हुँदा नागरिकहरुले आफूहरुलाई लामो समयसम्म सास्ती भइरहे पनि कसैले वास्था नगरेको भन्दै आन्दोलन नै गरेका छन् ।

चार लाइन सडक एकैपटक दुवै साइडबाट निजर्माण भइरहेको र पानीको प्रयोग नगर्दा धुँलोले नजिकका बासिन्दा र यात्रुहरुलाई समस्या देखिएको छ ।

धुँलोका कारण नजिकका नागरिकहरुले आफूहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको, विहान प्रयोग गरेको कपडा साँझ प्रत्यक दिन सफला गर्नुपर्ने अवस्था हुने गरेको गुनाशो गरेका छन् ।

उनीहरुले निर्माण कम्पनीले आफूहरुको सहजता हुने गरी काम नगरे सडकमा सवारी आवातजावत बन्द गर्ने चेतावनी दिएका छन् । सडकमा सवारीसाधन चल्दा धुँलो नउड्ने पहिलेको जस्तै सामान्य अवस्था भए मात्रै सडकमा सवारीसाधन चल्न दिने स्थानीयको भनाई छ ।

आफूहरुलाई समस्या हुँदा पनि कसैले ध्यान नदिएको भन्दै स्थानीयले शनिबार दिउँसो इत्राम खोलाको पुलमा सवारीसाधनलाई अवरोध गरेका थिए ।

उनीहरुले यसरी धुँलो उडिरहे सवारीसाधन चल्न नदिने भन्दै सडक निर्माणको काम तत्काल सम्पन्न गर्न माग गरेका छन् ।
स्थानीय निर्मला भट्टराईले सडक र्निाण गर्दा वातावरणीय असरलाई ध्यानमा राखी धुलो भए पानी हाल्नुपर्ने भएपनि त्यसो नगर्दा आफूहरुलाई समस्या भएको भन्दै आफूहरुले आन्दोलन गरेको बताइन ।

‘‘सडक बनाउनदा यसरी धुलो उडिरहेकोछ, हामीलाई श्वास प्रश्वासमा समस्या भएको छ,’ उनले भनिन्–‘लुगा सुकाउन पाइदैन, त्यही भएर आन्दोलन गरेर प्रेसर दिएपछि केही हुन्छकि भनेर आन्दोलन नै गरेका हौं ।

’’ इस्तै वीरेन्द्रनगर नगरपालिका १० कै दुर्गा देवकोटाले पनि सडक निर्माण गर्दा गर्नुपर्ने काम निर्माण कम्पनीले नगरेकोले आफूहरुलाई समस्या परेको बताइन ।

पहिले एउटा साइड निर्माण गरेर गाडि हिँड्ने बाटो छोडिदिनुपर्ने भएपनि त्यसरी सडक निर्माण नगरिएको भन्दै उनले झन समस्या भएको बताइन ।

यसअघि पनि यो सडक निर्माणका क्रममा माटो हालेर पानी हाल्दा सवारीसाधनहरुलाई सास्ती भएको थियो । केही दिन हिलोमा गाडि फसेका थिए ।

पुरै सडक एकैपटक निर्माण गर्दा सवारीसाधनलाई समस्या भएको हो । सवारीसाधन हिड्ने ठाउँ नै नराखेर निर्माण कार्य हुदा समस्या देखिएको थियो । अहिले धुँलोमा सवारीसाधन चल्दा स्थानीयलाई सास्ती भएको हो ।

स्थानीयले आन्दोलन नै गरेपछि निर्माण कम्पनीले शनिबार नै धुलाम्य भएको सडकमा पानी हाल्दै निर्माण कार्य सुरु गरेको थियो ।

तीन हजार दुई सय मिटर सडक चार लाइनको बनाउने काम चितवनको आशिष निर्माण सेवाले जिम्मा लिएको छ । भारतीय नाकाबन्दीका बेला केही काम अवरुद्ध भएपछि सम्झौता भएअनुसार नै काम सम्पन्न गर्नका लागि कम्पनीले तीव्र रुपमा काम गरिरहेको छ ।

अहिले सुर्खेतको वीरेन्द्रनगरको प्रवेशद्धार धुलियाविटदेखि वीरेन्द्रनगर बाजारको क्षेत्रमा चौडा बनाइएको सडकमा माटो र ढुङगा हालेर सम्याउने काम धमाधम भइरहेको छ ।

सुरुमा धुलियाविटदेखि तीन हजार दुइ सय मिटरसम्मको सडक चार लाइन बनाइने सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ ।

यो सडक निर्माणका लागि कुल बजेट २० करोड आएको छ । जसमध्ये विभिन्न खर्च कटाएर जम्मा १४ करोडमा निर्माण कम्पनीले सडक निर्माण कार्य सम्पन्न हुनेछ ।

निर्माण कम्पनीलाई अबको दुई वर्ष अर्थात वि.स. २०७४ को असार मसान्तसम्ममा निर्माण गरिसक्न सडक डिभिजन कार्यालयले समय दिएको छ ।

यो सडकमा मूख्य दुईवटा ठूला लाइन हुनेछन । ती लाइनहरु सातसात मिटरका हुनेछन । यस्तै अन्य लाइनहरु पनि हुनेछन । साइडमा फुटपातको पनि व्यवस्था गरिने गरी निर्माण कम्पनीलाई जिम्मा दिइएको छ ।