२०७७ माघ १४, बुधबार

जग्गा पास नगरेको भन्दै मार्ने प्रयास

dsc01238सुर्खेत,  ।साटाखानी २ का टेकबहादुर राना क्षेत्रीको परिवारलाई जग्गा पास नगरिदिएको भन्दै सोही ठाउँकै देवकुमार ठाँडासहितले ज्यान लिने प्रयास गरेको आरोप लगाएका छन् ।

गत १५ गते साँझ रानाको घरमा आएर जग्गा पास गरिदे म पैसा दिन्छु भन्दै ठाडासहितका व्यक्तिहरुले धम्क्याएको र रानाकी श्रीमति रामकलि रानाले जग्गा आफ्नो नाममा भएकोले पास दिन नसक्ने बताएपछि कुटपिट भएको थियो ।

जग्गाका विषयमा विवाद हुँदा ठाडा सहित, उनकी श्रीमति,सुमन ठाडा मगर र उनकी आमाले टेकबहादुर राना, रेशम राना क्षेत्री, रामकली राना र जैकली खत्रीलाई कुटपिट गरेका थिए ।

ज्यान लिने प्रयासले कुटपिट भएपछि रेशम र टेकबहादुर भागेर झुप्रा खोलामा आएको र त्यही आएर ठाडा लगायतका व्यक्तिहरुले ज्यान मार्ने धम्कि दिदै आफूहरुलाई मार्ने प्रयास गरेको पीडित रानाले बताएका छन् ।

रानाको परिवारले आफूहरुलाई ज्यान मार्ने प्रयास भएको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता हुन सकेको छैन । प्रहरीले विदाका दिन परेकोले जाहेरी दर्ता ढिलाई भएको बताएको छ । पीडकलाई कार्वाही हुनुपर्ने र आफूहरुलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुले बताएका छन् ।