२०७७ कार्तिक १५, शनिबार

सन्ध्याको नयाँ जीवन

sandhayaदिउँसोको २ बजे। वैशाखको चर्को घाम सँगै उडाउँला झैं गरी हुरी पनि चलिरहेको थियो। उफ १ कस्तो तातो हावा। किन आउँदो हो, यो महिना उराठ मौसम लिएर रु जाबो पीडाको थुप्रो उडाउन नसक्ने यो हुरी खुसी खोस्न किन यति आतुर हुँदो रहेछ रु कति निर्लज्ज छ यो प्रकृति। झसङ्ग भै सन्ध्या १ मनमा कुरा खेलाउँदा खेलाउँदै बाइकसँग उसको साइकल जुधिसकेको रहेछ।

‘के हो मैयाँ ध्यान कता छ रु’ बाइकवालाको प्रश्न थियो।

के भनु सोच्दै थिई सन्ध्या फेरि प्रश्न तेर्सायो उसले– मर्ने रहर लागेको छ कि क्या हो रु

मर्न १ बिझायो नराम्रोसँग सन्ध्याको मुटुमा यो प्रश्न। अन्धकार छायो उसको अगाडि। शरीर नै लर्याकलुरुक भएझैं लाग्यो। आखाँबाट बर्सिन थाले गङगाजमुना। एक निमेषमै विगत र वर्तमानले चिथोर्न थाल्यो। अनि उसको अवस्था देखेर भविष्य खित्का छोडेर हाँसेको देखी सन्ध्याले।

भुत, भविष्य र वर्तमानले एकसाथ गिज्याउन थाले उसलाई। उसलाई लाग्यो, त्यो मान्छे पनि उसको उपहास गर्न खोजिरहेछ। अनि हावाको वेगभन्दा तीव्रगतीमा कुदाई साइकल। बाइकवाला मान्छे अलमलमा पर्यो। अनौठो मान्दै सन्ध्या गएतिर हेर्यो एकपटक। अनि थोरै मुस्कुरायो र हिँड्यो आफ्नो बाटो।

तीन दिनपछि सन्ध्या पुस्तक पसलमा किताब किन्दै थिई। कसैले बोलायो, उसलाई। फर्केर हेरी। उ त्यही बाइकवाला मान्छे थियो। मुस्कुराउँदै सोध्यो– चिन्यौ मलाई रु झसङ्ग भई सन्ध्या। उस्को प्रश्नको फेरि पनि जवाफ फर्काइन। किताबको पैसा तिरी र हतार हतार लागि आफ्नो बाटो। त्यो मान्छे पनि सन्ध्याकै पछिपछि आइरहेको थियो।

अलि पर पुगेपछि बाटो छेक्दै भन्यो –कस्तो मान्छे तिमी बोलाएको नसुन्ने। के म कुनै हिस्रंक जनावर जस्तो देखिन्छु र रु मलाई देखेर किन भाग्छौ तिमी। फेरि पनि उसको कुराको मतलब नै नगरी बाटो छेलेर अगाडि बढ्दै थिई सन्ध्या। यसपटक जान दिएन उसले – तिमी सुन्दर छौ तर तिमीभन्दा सुन्दर अरु कोही छैनन् भन्ने भ्रममा छौ।
उसको कुरा सुनेर सन्ध्यालाई हाँस्न मन नलागेको त कहाँ हो र तर पनि बनावटी रिस देखाउदै आँखा तरेझैं गरेर हेरी मात्र। ‘म आभास’, उसले आफ्नो परिचय दियो। सन्ध्याले कुनै प्रतिक्रिया नै नजनाई सरासर अगाडि बढी। तपाईँको नाम रु आभासको प्रश्न थियो।

‘सन्ध्या।’ छोटो उत्तर दिएर हराई भीडमा।

खै किन हो सन्ध्यासँग संयोगले भेटेदेखि आभास उसकै बारेमा सोची रहन्थ्यो। उसको मन, मस्तिष्कदेखि सन्ध्या हट्नै सकेकी थिइन। अब त उ बाटोमा हिडिरहेका हरेक युवतीमा सन्ध्याकै आकृति देखन थालेको थियो। उस्का आँखाले हरेक ठाउँमा सन्ध्यालाई नै खोजी रहेका हुन्थे।

अचम्म १ सन्ध्या उस्कै अगाडि उभीएकी थिई। निलो कुर्ता, लामो कपाल, ठुला आँखा अनि मन्द मुस्कान। वाह १ सुन्दरताको क्या मीठो समिश्रण। आभास केहीबेर टोलायो। असहज मानी सन्ध्याले र खोकेको बहाना गरी। अबचाहिँ आभास ढुक्क भयो। उसको अगाडि साच्चै नै सन्ध्या उभिएकी थिई। दुबैका आँखा जुधे तर बोल्ने के रु दुबैलाई कुराको सुरुवात गर्न कठिन भयो। परिस्थिति निकै असहज जस्तो भएको थियो। कहिलेकाहीँ धेरै कुरा मन भित्र हुँदा पनि त्यसलाई व्यक्त गर्ने शब्दको नै अभाव भइदिँदो रहेछ। एक महिनापछि देखेको थियो उसले सन्ध्यालाई।

ुसञ्चै छौरुु उसले सोध्यो।

ुठिक छु, अनि तिमी नीरुु सम्बोधनका लागि सामान्य आदर नै प्रयोग गर्न मन पराउँथी सन्ध्या।

म पनि ठिकै छु। यस्तै सामान्य कुराकानी भए त्यो दिन।

आभासले धेरै सोच्यो, म सन्ध्यालाई मन पराउँछु यो कुरा सन्ध्यालाई भन्नै पर्छ। मनको कुरा भन्न ढिलो गर्नु हुँदैन। मनमा मायाको पोको पारेर राख्नु निकै पीडादायक भएको महशुस गर्यो उसले। अर्को दिन निकै साहस बटुलेर सधैँ सन्ध्या हिँड्ने बाटोमा कुरेर बस्यो। उसको ६ घन्टा लामो कष्टदायक प्रतीक्षापछि सन्ध्या आई। लामो सास फेर्यो अभासले , केही हलुको महशुस गर्यो। आभासलाई देखेर सन्ध्या हाँसौ या नहाँसौ जस्तो गरेर थोरै मुस्कुराई।

‘तिमीसँग केही कुरा गर्नु छ’, आभासले एकै सासमा भन्यो।

म आज अलि हतारमा छु, अरु कुनै दिन।
हैन मलाई आज नै ‘तिमीसँग कुरा गर्नु छ’ , उसले कर गर्यो।
ठिकै छ नी त तर मसँग धेरै समय छैन , जे भन्नुछ चाँडै भन।

यहाँ होइन कतै बसेर कुरा गरौ न १ आभासले अनुरोध गर्यो। स्वीकृति जनाई सन्ध्याले र एउटा क्याफेमा गए दुबै।

केहीबेरको मौनता तोडेर बोल्यो आभास –के लिन्छौ रु
बोलिन सन्ध्या।
केही सोच्यो आभासले र २ गिलास जुस मगायो।

भन अब के भन्न खोज्दै थियौ।

सन्ध्या म तिमिलाई मन पराउँछु। ‘आई लभ यू।’ सन्ध्याको हातबाट पानीको गिलास भूईँमा खस्दा पो झस्कियो आभास। हो म माया गर्छु तिमीलाई ,फेरि थप्यो आभासले। मौन थिई सन्ध्या। उसका आँखामा आँसु बाहेक अरु केही देखेन आभासले।

धेरै बेरपछि आफूलाई समाल्दै बोली सन्ध्या–किन गर्छौ मलाई मायारु

माया गर्न नि कुनै कारण चाहिन्छ र रु कारण खोजी खोजी गरिने माया, माया होइन सन्ध्या ,ब्यापार हो।

के थाहा छ, तिमिलाई मेरो बारेमा रु मेरो अतितको बारेमा रु

थाहा छैन केही, तर पनि माया गर्छु, तिमीसँग जिन्दगी बिताउन चाहान्छु।

तिमीलाई विश्वास नलाग्नु स्वभाविक हो तर तिमी नै भन कसरी विश्वास दिलाउँ तिमीलाई।

लामो सास तानी सन्ध्याले। एकपटक आकाशतिर हेरी। अनि आभासको अनुहारतिर हेर्दै भनी तिमीलाई थाहा छ म विधवा हुँ। आभासले छैनको संकेत गर्दै टाउको हल्लायो। १ वर्ष भो मेरो श्रीमान् बित्नु भएको। हाम्रो मागी विवाह भएको थियो। सबै कुरा थियो जिन्दगीमा, धेरै सुखी र खुसी थियौं। तर त्यो खुसी धेरै समयसम्म रहन दिएन भाग्यले। बिहे भएको छ महिनामा नै उहाँ अचानक बिरामी पर्नु भो। धेरै अस्पतालमा देखायौं तर रोग नै पत्ता लाग्न सकेन। जब थाहा भो उहाँलाई कुन रोगले समातेको रहेछ भन्ने त्यति बेला निकै ढिलो भइसकेको थियो।

उफ १ बरर आँसु झारी सन्ध्याले। आँसु पुछ्दै भनी उहाँलाई ब्लड क्यान्सर भएको रहेछ। हरसम्भव प्रयास गर्यौं हामीले उहाँलाई निको पार्न तर असफल भयौं। जानु भो उहाँ हामी सबैलाई र यो संसारलाई छोडेर। मेरो जिन्दगी सदाका लागि उजाड बनाएर, मेरा सारा खुसीहरु आफैंसँग उपहार लगेर। धेरै प्रयासपछि मैले सम्हालेकी छु आफुलाई। सासूसुराकै सहयोगमा फेरि क्याम्पस जान सुरु गरेकी छु।

मौनता छायो। दुबै मौन रहे। आभासलाई के बोलुँ भन्ने छट्पटी भो। अब म जान्छु सन्ध्या उठी।

सन्ध्या।।। बोलायो आभासले। तिमीलाई लागेको होला तिम्रो अतित सुनेर म तिमीबाट टाढा हुन्छु। तर अब त झन धेरै माया र सम्मान बढेको छ तिमीप्रति। सबैसँग एउटा अतित हुन्छ , तर अतितमै अल्झिएर हामी वर्तमानलाई त्याग्न सक्दैनौं। सबैले खुसीका साथ आफ्नो जिन्दगी बिताउन पाउनु पर्छ र त्यो अधिकार तिमीलाई पनि छ।

मलाई तिम्रो अतितसँग होइन वर्तमानसँग मतलब छ। तिम्रो अतितलाई स्वीकार गर्दै म तिम्रो र मेरो भविष्य सुन्दर बनाउन चाहन्छु के तिमी मलाई साथ दिन्छौ रु केही नबोली आँखाभरि आँसु बनाउँदै गई सन्ध्या।

बाहिर कोही बोलेको आवाज सुनेर सन्ध्याकी सासू बाहिर आइन्।

नमस्कार आमा, केटाको आवाज थियो। सन्ध्या झस्की कतै सुनेको आवाज जस्तै लाग्यो। हतार हतार बाहिर आई। हातखुट्टा लुला भए। कसैले टाउकोमा हिर्काए जस्तै लाग्यो। बाबुहरु को पर्नु भो कुन्नीरु मैले त चिन्न सकिनँ –सन्ध्याकी सासुले सोधिन्।

म आभास अनि उहाँ मेरो बुवा। हामी केही कुरा गर्न आएका हौं। सन्ध्याको मानसपटलमा हजारौं प्रश्नले प्रहार गर्न थाले। के चाहन्छ उ रु किन आयो मेरो घरसम्म रु
‘सन्ध्या चिया बनाउ त’, सासूको आवाजले झस्की।

चिया लिएर आउँदा सुनसान थियो वातावरण। सबै मौन बसेका थिए। सबैलाई चिया दिई अनि अली पर गएर उभिई। किन सबै मौन के कुरा भयो होला छट्पटी भो, सन्ध्यालाई। मौनता चिर्दै बोले सन्ध्याका ससुरा– यिनी हाम्री बुहारी मात्र होइनन्, छोरी पनि हुन्। यिनको जीवनमा फेरि खुसी आउँछ भने हामी तपाईँको प्रस्ताव सहर्ष स्वीकार्छांै। तर उनी के चाहन्छिन् उनको विचार पनि सुन्नु पर्छ हामीले। अनि सन्ध्याका बुवाआमासँग पनि कुरा गरौंला।

कुरा सुनेर अलमलमा परी सन्ध्या,फेरि जीवनमा यो मोड आउला भनेर उसले कल्पना समेत गरेकी थिइन। आभास र आभासका बुवा गएपछि सन्ध्याका ससुरा सन्ध्याको छेउमा आए। तिम्रो विचार के छ रु हामी तिम्रो खुसी चाहन्छौं। तिम्रो सामू पहाड जस्तो जिन्दगी बाँकी छ। एक्लै यात्र गर्न निकै कठीन हुन्छ। त्योभन्दा ठूलो कुरा आभासको परिवारले तिमीलाई सहर्ष स्वीकारेको छ, बाँकी तिमी नै सोच भन्दै सन्ध्याका ससुरा बाहिर गए। सासूले सन्ध्याको टाउको सुम्सुम्याउँदै सम्झाइन् –तिमी यो घरमा बुहारी भएर भित्रिएकी थियौ अनि हाम्री छोरी भएर बस्यौ, अब हामी तिम्रो बिदाई गर्न चाहन्छौं। तिम्रो जिन्दगीमा रङ भर्न चाहन्छौ। के तिमी हामीलाई यो पुण्यको भगिदार बन्न दिन्छौ रु

सन्ध्याको गहभरि आँसु भयो। रुदै हुन्छको संकेत दिई अनि सासूलाई अङगालो मारेर रोई धेरै बेर। बिहेको चहलपहल सुरु भो, सबैले स्वीकृति जनाए सन्ध्याको खुसीमा। सन्ध्याकी नन्दले सजाई सन्ध्यालाई, फेरि बेहुली भई सन्ध्या। कर्मघर यसपाली माइती बनेको थियो।

जन्ती लिएर आयो आभास। कन्यादान सुरु भो। सन्ध्याका ससुराले कन्यादान गरे। बुहारी छोरीमा परिणत भई। रङिगयो सन्ध्याको जीवन। सम्पन्न भो विवाह। सबैले शुभकामना दिए सफल दाम्पत्य जीवनको, हाँसी हाँसी बिदाई भई सन्ध्या।

                                                                                   __ सेतोपाटि