२०७७ माघ ९, शुक्रबार

पुरसंरचनामा असन्तुष्टी प्राविधिक सहयोग समितिको कार्यालयमा धर्ना

ddc

सुर्खेत, ।साटाखानीलाई वीरेन्द्रनगरमा गाभिनुपर्ने माग गर्दै विरोध कात्तिक २२, सुर्खेत । सुर्खेत जिल्लामा स्थानीय तह संरचनाको टुङ्गो लगाइएसँगै साटाखानि गाविस वासी विरोधमा उत्रीएका छन् ।

नयाँ संरचना अनुसार साटाखानी गाविसलाई वीरेन्द्रनगर नगरपालिकामा समावेश नगरीएको भन्दै उनीहरु विरोधमा उत्रीएका हुन् ।

नयाँ संरचना अनुसार साटाखानी गाविसलाई लेकवेशी गाउँपालीकामा समावेश गरि।एको छ । स्थानीय तह पुनरसंरचना प्राविधिक सहयोग समितिले भने सामान्य असन्तुष्टीका बीच जिल्लाको स्थानीय तहको पुनरसंरचना टुङगो लगाएको दाबि गरेको थियो ।

तर साटाखानी वासी भने नयाँ संरचनामा सन्तुष्ट नभएको भन्दै विरोध स्वरुप धर्नामा बसेका हुन् । उनीहरुले स्थानीय जनतासँग छलफल नै नगरी राजनीतिक दलका केही नेताहरुले साटाखानीलाई लेकवेसी गाउँपालिकामा समावेश गरेको भन्दै आफुहरु विरोधमा उत्रीएको बताए ।

उनीहरुले विरोध स्वरुप आइतबार ¥याली निकालेर कोणसभा गरेका थिए । सोमबार ‘सिङ्गो साटाखानीवासिको एउटै माग साटाखानी गाविसलाई वीरेन्द्रनगर नगरपलिकामा गाभ’ भन्ने नाराका साथ साटाखानीवासिको जनचाहाना विपरीत गरिएको पुर्नसंरचना प्रस्तावको विरोध गरौँ भन्दै संघर्ष समिति साटाखानी सुर्खेत धर्ना सहित साटाखानी गाविसलाई प्रस्तावित विरेन्द्रनगर उप–महानगरपालिमा राखिनुपर्ने माग गरेका हुन् ।

आफूहरुले अहिले एउटा मात्रै माग राखेर संघर्षका कार्यक्रमहरु सुरु गरेको संघर्ष समितिका सहसंयोजक राजु पौडेलले जानकारी दिए । उनले साटाखानी बासीको भावना विपरित साटाखानीलाई नयाँ बनाइएको लेकबेसी गाउँपालिकामा राखेको बताए । पहिले वीरेन्द्रनगरमा राखिएको साटाखानी अहिले कल्याण, लेखफर्सा, नेटा, दशरथपुर रहेको लेकबेसी गाउँपालिकामा परेको छ ।

साटाखानीबासीले वीरेन्द्रनगरबाट साटाखानी भन्दा धेरै टाढाको दुरीमा रहेको गर्पन गाविसलाई समेत वीरेन्द्रनगरमा भाभिएको तर साटाखानीलाई नसमेटिएको भन्दै आक्रोश जनाएका छन् । हरेक दृष्ट्रिकोणले साटाखानी वीरेन्द्रनगरमा समेटिनुपर्ने स्थानीयहरुको भनाई छ ।