२०७७ मंसिर १४, आईतवार

साटाखानीबासीको आन्दोलनबारे – ‘सम्पादकीय’

देशैभरी स्थानिय पुर्नसरचनाको कामको बहस तातो तातो बनिरहेको छ । गर्मागरम बहषका विचबाट यो पुर्नसंरचनाको कामले कुनै जिल्लामा पुर्णता पाउन पनि सकिरहेको छैन । धेरै समस्याका विचबाट मध्यपश्चिमका अधिकांश जिल्लाले पुर्नसंरचनाको खाका आयोगलाई बुझाइसकेका छन ।

६ नम्बर प्रदेशको केन्द्र भनिएको ठाउ सुर्खेतबाट पनि अन्तीम समयसिमामा यो खाका बुझाईएको छ । ५ गाउपालीका र ४ नगरपालीकाका रुपमा बुझाउन लागिएको यो खाकाले करिब करिब सबैका विचमा व्यापक छलफल र बहस गरेर पुर्णता पाएको हो ।

तर यो खाकाका बारेमा पनि सुर्खेतमा पछिल्लो समय असन्तुष्टी देखिएको छ । सुर्खेत जिल्लाको स्थानीय तहको पुनरसंरचनाको टुङ्गो लगाइएको २४ घण्टा नपुग्दै नै बिरोध सुरु भएको छ ।

स्थानीय तह पुनरसंरचना प्राविधिक सहयोग समितिले सामान्य असन्तुष्टीका बीच जिल्लाको स्थानीय तहको पुनरसंरचना टुङगो लगाएको जानकारी गराएको थियो ।

स्थानीय तह पुनरसंरचनाको विषयलाई लिएर साटाखानी गाविसका नागरिकहरुले विरोध जनाएका छन । साटाखानी गाविसलाई प्रस्तावित विरेन्द्रनगर उप–महानगरपालिमा राखिनुपर्ने माग साटाखानीबासीको छ ।

सामान्य त एक युगमा एकपटक हुने यस्तो पुर्नरसचनाका बारेमा समयमा गम्भीरतापुर्वक छलफल गर्नुपर्ने हुन्छ । यदि अहिले हामि हतारीयौ भने कालान्तरमा पछुताउनुपर्ने स्थिती हुनसक्छ ।

र लहडमा भावनामा आउन पनि हुदैन । त्यसका लागि स्थानिय स्तरका सर्वसाधारणको पनि भावनाको कदर गर्ने र निती बनाउने या त्यो तहमा भएका अगुवाले पनि के गर्दा ठिक हुन्छ भनेर विवेक लगाएर यो खाका तयार पारे दिर्घकालीन रुपमा कोहि पनि पछुताउनु नपर्ला ।