२०७७ माघ ८, बिहीबार

अनुभव आदान प्रदान कार्यक्रम

सुर्खेत,  । सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा मंगलबार सहकारी संस्थाका पूर्व सञ्चालक समिति, सल्लाहकार समिति तथा वर्तमान सञ्चालक समिति, लेखा समिति र उप समितिबीच अनुभव आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थालाई अगाडि बढाउनको निमित्त आवश्यक सूझाव दिनुका साथै अनुभव साँटासाट गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

संस्थाका अध्यक्ष आँसुराम सोमैमगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागिहरुले संस्थाको उद्देश्य अनुरुप कार्यक्षेत्र विस्तार गरी प्रभावकारी रुपमा नयाँ कामको थालनी गर्नुपर्ने बताएका थिए । भाषा, संस्कृति संरक्षण, शेयर सदस्यको व्यवसायिकता सम्बन्धी तालिमहरु दिनुपर्ने लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रमको सहजिकरण संस्थाका सचिव अम्बरबहादुर तारामीमगरले गरेका थिए । कार्यक्रममा पूर्व सल्लाहकारहरु बसन्त थापामगर, टेकबहादुर थापामगर, पूर्व लेखा समिति संयोजक टेकबहादुर रानामगर, सल्लाहकार हरि थापामगर, रेशमबहादुर रानामगर लगायत पूर्व सञ्चालक समिति, लेखा समिति, वर्तमान सञ्चालक समिति, लेखा समिति र उपसमितिहरुका पदाधिकारी एव्म सदस्यहरुको उपस्थिति रहेको थियो ।