२०७७ मंसिर १०, बुधबार

बुलबुलेमा पर्यटकको घुइचो बनभोज खान इटहरीदेखि कञ्चनपुरबाट बुलबुलेमा

१. एकै दिन ३० ठाउँमा वनभोज
२ं एकै दिन हजार बढीको उपस्थिति

तस्बीर ः बुलबुले उद्यानमा प्रवेश गर्दै पर्यटकहरु
तस्बीर ः बुलबुले उद्यानमा प्रवेश गर्दै पर्यटकहरु

सुर्खेत, । एक हप्तादेखि सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुलेमा पर्यटकको घुइचो लागेको छ । सामान्य दिनमा डेढ÷दुई सय आन्तरिक पर्यटक आउने बुलबुले उद्यानमा एक सातादेखि पर्यटकको ठुलो घुइचो लाग्ने गरेको छ ।

दशै÷तिहार सकिए लगत्तै बुलबुले उद्यानमा आन्तरिक पर्यटकको घुइचो नै लागेको बुलबुले उद्यानका इन्चार्ज चेतानन्द अर्यालले जानकारी दिए । अघिल्लो वर्षहरुमा पनि यो समयमा यसरी नै पर्यटकहरु आउने गरेको भएपनि यस पटक अझ धेरै आएको इन्चार्ज अर्यालले बताए ।

पछिल्लो केही दिनको तथ्याङकलाई मात्रै हेर्ने हो भने बुलबुलेमा पर्यटकको संख्या उल्लेख्य मात्रामा बढेको देखिन्छ । बुलबुले उद्यानको उचित प्रबद्र्धन नभएतापनि यो समयमा वनभोजका लागि पूर्वी नेपालदेखि पश्चिम नेपालका पर्यटकहरु आउने गरेका ेअर्यालले बताए ।

गत १९ गते मात्रै बुलबुले उद्यानका विभिन्न २५ ठाउँ पर्यटकहरुले वनभोजका लागि रिजर्भ गरेका थिए । यस्तै २० गते ३० र २१ ग्ते २५ ठाउँ पर्यटकहरुले वनभोजका लागि ठाउँ रिजर्भ गरेको अर्चालले बताए । हरेक दिन नेपालका फरकफरक जिल्लाहरुबाट वनभोजका साथै घुम्न आउने गरेको उनले बताए ।

‘‘अहिले हरेक दिन यहाँ पर्यटकहरुको घुइचो लागेको छ,’ उनले भने–‘पूर्वको झापा, इटहरी र सुदुरपश्चिमाञ्चलका महेन्द्रनगरबाट पनि वनभोज खान आएका छन् ।’’

अहिलेसम्म वनभोजका लागि पूर्वको झापा, इटहरीदेखि पश्चिमको महेन्द्रनगरबाट पर्यटकहरु आएको तथ्याङक रहेको छ । यस बाहेकका रुपन्देहीको बुटवल, कपिलवस्तु, दाङ, कैलाली, बाँके, वर्दिया, सल्यान, दैलेख, रुकुम, काठमाडौं, लगायत थुप्रै ठाउँबाट वनभोजका साथै घुम्न पर्यटकहरु आउने गरेका छन ।

१९ गते ५ सय भन्दा बढी पर्यटकले टिकट काटेर प्रवेश गरेका थिए । २० गते करिब एक जहार जना र २१ गते पनि करिब पाँच सय जनाले टिकट काटेर बुलबुले उद्यानमा प्रवेश गरेका थिए । यस्तै सुर्खेतकै पर्यटकहरु र केही व्यक्तिहरु भने वुलवुले उद्यानमा विना टिकट पनि प्रवेश गर्ने गरेका छन् ।

कतिपयले सामुहित टिकट काटेरे संख्या घटाउने गर्दछन । यसले गर्दा यो समयमा बुलबुलेमा दैनिक करिब हजार जना पर्यटकहरु प्रवेश गरेको अनुमान गरिएको छ । बुलबुलेमा वनभोज स्थलका लागि एक सय ५० र व्यक्तिका लागि प्रतिजना १० रुपैयाँका दरले प्रवेशका लागि टिकटको व्यवस्था गरिएको छ ।

बुलबुले ताल प्रचार र आम नागरिकले बुझे जस्तो ठुलो नभएपनि उद्यानका कारण वनभोज खान पर्यटकहरु टाढाटाढाबाट पनि आउने गरेका छन् ।
संरक्षण र विकासको अभावमा ओझेलमा परेको बुलबुले उद्यानलाई पछिल्लो समयमा विकास गर्न केही पहल पनि गरिएको छ । साथै मिडिया र सामाजिक संजालमा पनि बुलबुलेको प्रचार भएकोले पर्यटकहरु बढेका छन् ।

बुलबुलेको जिम्मा लिएको सुर्खेत उपत्यका नगर विकास समितिले पनि उद्यानमासडक, बत्ती, शौचालय र तारजाली लगायतका पूर्वाधार निर्माणको काम गरिरहेका छ । पहिले भन्दा बुलबुलेमा केही सुधार पनि आएको छ । तर केही समय अगिाडि सञ्चालन गरिएका डुङगाहरु भने पुनः बन्द भएका छन् ।