२०७७ कार्तिक ११, मंगलवार

मोदीको ज्यानलाई खतरा

Narendra-modi-sad-look१४ साउन, एजेन्सी। भारतीय गुप्तचर एजेन्सीहरुले प्रधानमन्त्री नरेन्द्र मोदीको ज्यानमाथि खतरा रहेको बताएका छन्। भारतीय सञ्चारमाध्यमहरुले एजेन्सीहरुलाई उदृ्त गर्दै जनाए अनुसार स्वतन्त्रता दिवसका आईएस, अलकाइदा लगायका आतंकवादी सस्थालरुले लाल किल्लामा हमला गर्ने कोशिसमा छन।

यसै खतरालाई विचार गर्दै गुप्तचार एजेन्सीहरुले मोदीलाई बुलेटप्रुफ इन्क्लोजर भित्र बसेर मात्र सम्वोधन गर्न सल्लाह दिएका छन्। यस विषयमा भारतमा राष्ट्रिय सुरक्षा सल्लाहकारसंग समेत कुराकानी भइसकेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसका साथै यसपटक मोदीको सम्वोधनमा सुरक्षा सतर्कता थप बढाइने भएको छ। कश्मिर तनाव, सिमामा लगातार भइहरेको घुसपैठ र आईएसका बढ्दो गतिविधीका कारण सुरक्षा बढेको निष्कर्षमा एजेन्सीहरु पुगेको बताइन्छ ।

भारतीय सञ्चारमाध्यमहरले सुत्रलाई हवाला दिँदै जनाए अनुसार अगस्ट १५ मा लाल किल्लाको वरिपरि ५ हजार भन्द बढि सुरक्षाकर्मीले कडा नजर राख्नेछन्। यसपटक आतंकवादीहरुले ड्रोनबाट हमला गर्ने सक्ने आशंका पनि रहेको बताइको छ। यसै गरि लाल किल्लाका वरिपरि रहेका ठुला बिल्डिङहरुमा एयरक्राफ्ट मेशिनगन समेत राखिनेछ।

पुर्व प्रधानमन्त्री इन्दिरा गान्धीको हत्याभएपचि भारतमा १५ मा प्रधानमन्त्रीले गर्ने सम्वोधन बुलेटप्रुफ इन्क्लोजरबाटै गर्ने परम्परा रहँदै आएको भएपनि अघिल्लो वर् मोदीले बिना इनक्लोजर सम्वोधन गरेका थिए।