२०७७ मंसिर ९, मंगलवार

कान्तिपुरको साधारण सभा सम्पन्न

kantipurसुर्खेत, वीरेन्दनगरमा रहेको कान्तिपुर बहुउद्देशीय सहकारी संस्था लिमिटेड को तेस्रो औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभा सहकारीका अध्यक्ष रमेश खडका बहादुरको सभापतित्व तथा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्षय गणेशकञ्चन भारतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।कार्यक्रममा संस्थाको विभिन्न शिर्षकमा गरि हालसम्मको २०७२÷७३ को ६ करोड ४३ लाख ८५ हजार ७ सय ७६ रुपैया ८२ पैसा आर्थिक प्रगति प्रतिवेदन संस्थाका कोषाध्यक्ष ओमप्रकाश तिवारीले प्र्रस्तुत गरेको थिए ।

कार्याक्रममा एस एल सीमा लगनशिल उत्कृष्ठ अंक ल्याएर पास भएकी दिपीका ढकाललाई सम्मान गरेको थियो भने जेष्ठ नागरिक लक्ष्मी सुनार,असल बचतकर्ता,पुजा सिंह, असल क्रृण्ी कल्पना पौडेल सम्मानित भएका थिए । कार्याक्रममा प्रमुख अतिथि रहेका नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्क्षय गणेश कञ्चन भारतीले जिल्लामा सहकारीहरुलाई लाईसेन्स दिने काम मात्रै नभएर राज्यले नियमन र नियमीत अनुगमन समेत गर्नुपर्ने बताएका थिए ।

अन्तराष्ट्रिय सहकारी मापदण्डमा मुनाफा कमाउन ५ वर्ष लाग्ने भएकोले हुदा सुर्खेतका अधिकंश सहकारीहरुले छोटो समयमा धेरै मुनाफामा जार्दा एकतर्फ प्रशंसा गरेका थिए ।भने उनले नेपालको आर्थीक क्षेत्रको विकासमा सहकारी क्षेत्रले पुर्याएको योगदानको प्रशंसा गर्दै भारतीले यस्लाई निरन्तरता दिन समेत शुभकामना दिएका थिए ।

कार्याक्रममा राष्ट्रिय सहकारी बैकका प्रतिनिधी राजु श्रेष्ठ,सुर्खेत अर्टो व्यवसायीका अध्यक्ष इन्द्रबहादुर थापा, देउती यातायात व्यवसायी समितिका अध्यक्ष कमल खडका जुनी, कँक्र्रेबिहार यातायात व्यवसायी समिति सुर्खेतका सह—सचिव जीवन कुमार शर्मा, डिभिजन सहकारी कार्यालय सुर्खेतका प्रतिनिधि गणेश खडकाको उपस्थिती रहेको थियो ।