२०७७ माघ ४, आईतवार

हिलारी क्लिन्टनको भाषणका प्रमुख ९ कुरा

१४ साउन, एजेन्सी।

hillary-clinton-181879211हिलारी क्लिन्टनले डेमोक्रेटिक पार्टीको राष्ट्रिय अधिवेशनमा पार्टीको तर्फबाट उम्मेद्वारी स्वीकार गर्दै दिएको भाषणमा प्रतिद्वन्दी डोनाल्ड ट्रम्प माथी निशाना साँधेकी छिन्।

क्लिन्टनले दिएको भाषणका प्रमुख नौ कुरा यसप्रकार छन :

१. हामी पर्खाल बनाउदैनौं। तर हामी यस्तो अर्थव्यवस्था बनाउँछौ जसमा सबैलाई राम्रो ज्याला सहितको रोजगारी मिल्न सकोस्।

२.स्वतन्त्रता र समानता, न्याय अनि अवसर। हामीलाई गर्व हुनुपर्छ कि यी शब्द हामीसंग जोडिएका छन्।

३.डोनाल्ड ट्रम्प भन्छन् कि इस्लामिक स्टेटको बारेमा सेनाको जनरल भन्दा बढी जान्दछू। होइन डोनाल्ड, तिमी जान्दैनौं।

४. एक व्यक्ति जसलाई एउटा ट्वीटले फसाउन सकिन्छ उसको हातमा परमाणु हतियार दिन सकिदैन।

५. आज रात म यहाँ तपाईलाई यो बताउन आएको छु कि उन्नति सम्भव छ।

६. म बर्नी स्यान्डर्सलाई धन्यवाद दिन चाहन्छु। तपाईको कुरा मैले सुनेको छु। तपाईको मुद्धा हाम्रो मुद्धा हो।

७. हामीलाई यो थाहा छ कि हाम्रो देश कुन चुनौती सामना गर्दै छ। तर हामी डराएका छैनौं। हामी यी चुनौती पनि त्यसरी नै सामना गर्नेछौं जसरी हामी गर्दै आएका छौं।

८. म यहाँ तपाईको बन्दुक खोस्न आएको होइन। म बस् यो चाहन्छु कि तपाईलाई कुनै यस्तो व्यक्तिले गोली नहानोस् जसको साथ बन्दुक हुनु नै हुन्थेन।

९. डोनल्ड ट्रम्प आफ्नो अधिवेशनमा ७० मिनेटसम्म बोल्दै रहे र उनले कुनै समाधान सुझाएनन्।