२०७७ माघ ८, बिहीबार

वीरेन्द्रनगर जेसिजको जेसिज सप्ताहा शुरु

jciसुर्खेत,  वीरेन्द्रनगर जेसिज सुर्खेत र वीरेन्द्रनगर जुनियर जेसीजको जेसिज सप्ताह २०१६ शनिबारदेखि सुरु भएको छ । सप्ताहको कार्यक्रमको पहिलो दिन खुला गजल प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको थियो । खुल्ला गजल प्रतियोगितामा प्रथम झलक वली, द्धितिय भरत प्रमोद दाहाल र तृतीय हेमन्तकुमार केसी हुन सफल भएका छन् ।

कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्र कोइरालाले युवाहरुले आफनो व्यक्तित्व विकास गरेर नेतृत्व गर्न सिक्नु पर्नेमा जोड दिए । उनले असल नेतृत्वल लिएर युवाहरुले आफ्नो ठाउँको विकास गर्नुपर्नेमा जोड दिए । ‘यस क्षेत्र जडिबुटी, पर्यटन, शैक्षिक,लगायतको क्षेत्रको सम्भावना रहेको छ’ उनले भने, ‘अब यहाँका युवाहरुले यस क्षेत्रको विकासको लागि एक भएर लाग्न जरुरी छ ।’ उनले जेसीज सप्ताहको सफलताको शुभकामना व्यक्त गर्दै युवाहरुको नेतृत्व र व्यक्तित्व विका गरी समाज परिपर्तनको लागि जेसीजले आफ्ना अभियानहरुलाई निरन्तरता दिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा वीरेन्द्रनगर जेसीज एवंम् नेपाल जेसीजका पूर्व अध्यक्ष गेहेन्द्रप्रसाद दाहालले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै जेसीजले यवाहरुको नेतृत्व र व्यक्तित्वलाई विकास गर्दै जेसीज अभियानलाई निरन्तरता दिनुपर्ने बताए ।

मध्यपश्चिम विश्वविद्यालयका डिन खोमिराम लम्साल, देवबहादुर खड्का, वीरेन्दनगर जेसिजका पुर्व अध्यक्ष पूर्णबहादुर नेपाली, भद्र भण्डारी, सर्वणकुमार सिंह ठकुरी, उपेन्द्र सुवेदी, निवर्तमान अध्यक्ष निशा सुवेदी, सुर्खेत महिला जेसिजकी संस्थापक अध्यक्ष सिमा चन्द, वीरेन्द्रनगर जुनियर जेसिज लगायतका पदाधिकारीहरुको सहभागागिता रहेको थियो ।

जेसीस सप्ताहलाई महान सप्ताहको रुपमा मनाउने क्रममा जेसिज सप्ताह अन्तरगत आज दृष्टिविहिन होष्टेलमा सहयोग, कात्तिक २९ गते अकुप्रेसर सम्बन्धि तालिम, मंसिर १ गते वीरेन्द्र चोकमा रक्तदान कार्यक्रम र मंसिर ४ गते नृत्य प्रतियोगिता, उत्कृष्ठ युवा पुरस्कार र समापन गरिने आयोजकले बताए । कार्यक्रम वीरेन्द्रनगर जेसीज वर्ष २०१६ का अध्यक्ष भिम खत्रीको सभापतित्वमा भएको थियो ।