२०७७ माघ १२, सोमबार

काठमाण्डौं लैजादैं गरेका डोल्पाका २८ जना बालबालिको उद्धार

dsc01313

सुर्खेत कार्तिक २९ । डोल्पा तेन्जे गाविस वडा नं ९ का २८ जना बालबालिकाहरुलाई उद्धार गरिएको छ । भेरीगंगा नगरपलिका ११ मा रहेको ईलाका प्रहरी कार्यालय छिन्चुमा चेकजाँच गर्ने क्रममा काठमाण्डौ जान लागेका बालवालिकाहरुलाई उद्धार गरिएको हो ।

तेन्जे गाविस घर बताउने छुन्जेन लामाले विना कागजात र विना संरक्षण रहेका बालबालिका काठमाण्डौ लिन सुर्खेत ल्याईएको थियो । छिन्जेन लामाले नेपाल जोनाङ्ग बौद्धिष्ट फपिङ्ग लैजादै गरेको अवस्थामा छिन्चुमा ईलका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरिएको हो ।

लामाले २० जना बालबालिका बताए पनि २८ जना बालबालिका भेटिएपछि प्रहरीले अनुसन्धान गरेको हो । छुन्जेन लामाले आफु सुरुमा गुरु भन्दै परिचय दिए पनि पछि आएर बौद्धिष्ठको विद्यार्थी भएको बताएका थिए ।

डोल्पाका बालबालिकाहरुलाई बौद्धिष्ठ भाषा पढाउने भन्दै काठमाण्डौ लिन लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनी सँगै रहेका सोही गाँउका कार्मा लामाले आफुलाई सबै जानकारी नभएको र आफु आफ्नो आमा र छोरालाई काठमाडौ बहिनीको घरमा जाने भनेर आएको प्रहरी समक्ष बयान दिए । प्रहरीले बालबालिका कुन प्रयोजनका लागि लिन लागिएको हो । भन्ने अनुसन्धान थालेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय छिन्चुले ति बालबालिकाहरुलाई जिल्लामा रहेको बाल संरक्षण कार्यालय सुर्खेतमा जिम्मा लगाइसकेका बालवालिकाहरुमा डोल्पा तेन्जे गाविसका वडा नं ९ का छिरिङ्ग फुन्चका ८ वर्ष छोरा पेम्बा लामा,रंजुङ्ग लामाका वर्षका छोरा पेम्बा छिरिङ,छुङ्गनेल लामाका ११ वर्षका छोरा नरत्याल लामा,दावा थुम्रुको ९ वर्षका छोरा पेम्बा याङडुङ्ग नुर्वुढुङ्ग लामाका ८ वर्ष छोरा रुङ्गदुङ्ग दोर्जे,ल्याडुजेन गुरुङ्गका छोरा दावा थुम्रुक, कर्साङ्ग निमाको छोरा छिरिङ्ग ग्यालजेन सोनाम ग्याल्जेनका छोरा कार्मा क्याचा,कार्मा लम्ग्यालको छोरा पेम्बा थिल्ले,नुर्व लामाको १४ वर्ष छोरा टेन्जेन डुन्डुप रहेको छन ।

त्यस्तै लाक्पा गुरुङ्गका १५ वर्ष छोरा धावाग्यालजेन पासाङ लामाको ८ वर्षका छोरा छयाङ उर्केन,ग्यान्जेनका ७ वर्षका छोरा कार्मा ग्यालजेन,अंक्याल लामाको ७ वर्षकाछोरा ग्याजेल ,टासी लामाको अन्दाजी १४ वर्षका छोरा ग्यालसेन छिरिङ ,ओमछिरिङ्ग छोरा लक्ड छिरिङ्ग,सिबङ्गि पेम्बको छोरा डिपलभपिङ नोर्गे पाण्डेजोङको ९ वर्षका छोरा दतेजिङ्गपिङ लामा रहेको छन ।

यस्तै डोल्पा जिल्ला तेन्जे गाविस वडा नं ९ घर बताउने कार्माको साथमा अन्दाजी १० वर्षको छोरा र अन्दाजी ७४ आमा वर्षकी रहेका छन । ल्याङ्गजेनको गुरुङ्गको दुई छोरा दावा थुमरुक दावा छिरिङ्ग , लाक्पा गुरुङ्गका छोरा १५ वर्षका दुई छोरा धावा छवाङ टुडुप रहेको छन । सोही गाविसका दोर्जे लामाको छोरा छेवाङ लामा,दावा छिरिङ, र नुर्वु डुडुदुलको छोरा रुडुदुङर धावा ग्यालवेन रहेका छन ।

उद्धार गरिएका सबैलाई बालबालिका र संरक्षकलाई बालसंरक्षण कार्यालय सुर्खेत,जिल्ला प्रशासन कार्यालय सुर्खेतको रोहबरमा आवाज संस्थामा राखिएको छ । जिल्ला बालसंरक्षक अधिकृत प्रेमप्रसाद आर्चायका अनुसार कुनै पनि बालसंरक्षक विना यसरी बालबालिकाहरुलाई अभिभावक बिना ल्याईएकाले वालवालिकाको अनाधिकृत ओसारपसार र बेचविखन बढदै गएको भन्दै यसमा गम्भिरताका साथ अनुसन्धान थाल्नुपर्ने र उद्दार गरिएका बालकहरुलाई फिता घरमै पठाइने बताए ।

यस्तै जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हितप्रसाद पौडेलले अनुसार संविधानले एक स्थानबाट अर्को स्थान जाने व्यवस्था गरेको भए पनि संरक्षण विना कुनै बालबालिकाहरुलाई यसरी लैजान नमिले र कुनै स्थानिय निकायहरुबाट अधिकारिक सिफारिस भएमा लैजाने व्यवस्था रहेको र विना संरक्षणमा यसरी लैजान नमिल्ने बताएका छन । पौडेलले यस्को अनुसन्धान भैरहेको समेत बताए ।