२०७७ मंसिर १७, बुधबार

डेगु उपचारको तयारी – ‘सम्पादकीय’

कुनैपनि रोग महामारीका रुपमा आउनुभन्दा पहिले त्यसका बारेमा सचेत अपनाईएको हुदैन । न राज्य न सरोकारवाला कसैले पनि यो बारेमा सचेतता नअपनाउदा सम्बन्धितलाई दुख र अप्ठेरो महसुस भैरहेको हुन्छ । यस्ता तयारीहरु राज्यले आफ्ना मातहतका कार्यालयमार्फत गर्नुपर्ने हो यस्तो तयारी हालसम्म कुनैपनि क्षेत्रमा देखिदैन । हाल सुर्खेत र छिमेकी तराईका जिल्लाहरुमा पनि यस्तै समस्या देखिएको छ । लामुखुट्टेबाट सर्ने डेगो रोगले आम नागरिकमा एकप्रकारको त्रास उत्पन्न गरेको छ । तर त्यसका लागि आवश्यक पर्ने सहयोग राज्यले गरेको देखिदैन । तयारीमा पनि राज्यको शुन्य जस्तै छ

तर केहि दिन भर्खरै अन्तरक्रिया गरेर सुर्खेतमा केहिदिनदेखी चर्चामा आएको डेगुरोगवारे आत्तिनुपर्ने अवस्था नआएको जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतले जनाएको छ । तराईका विभिन्न जिल्ला सधै जोखिममै रहेपनि सुर्खेतभने ठुलो जोखिममा नरहेको कार्यालयको भनाई छ । तर यो रोगका बारेमा सबै सचेत हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । कार्तिक महिनाभित्रमा मात्रै ८ जना विरामी देखिएकाले सचेत हुनुपर्ने जिल्ला स्वास्थ्य कार्यालयको भनाई छ । कार्यालयले आफुहरुले त्यस्तो ठुलै तयारी नगरेपनि डेगु लागेको करिब ८० प्रतिशत विरामी आफै निको हुने बाकि २० प्रतिशतको मात्र उपचार गर्नुपर्ने बताए ।

यो रोगको विश्वमै अहिलेसम्म उपचार पद्धती थाहा नपाएकाले रोग लाग्न नदिनका लागि पहल गर्न समेत कार्यालयले सबैसंग आग्रह गरेको छ । तर रोगबाट बच्न गर्नुपर्ने तयारी राज्यका तर्फबाट भएको देखिदैन ।
हाल जिल्लामा यस्ता लक्षणका विरामीहरु थप देखिन सक्ने भएकाले डेंगो परिक्षणको लागि स्वास्थ्य विभागमा किट माग गरि कार्तिकको तेस्रो हप्ता पठाएपनि हालसम्म औषधि आएको छैन । यदि महामारीकै रुपमा यो रोग आयो भने यसको जवाफदेही को हुने यस्ले निश्चयपनि आम नागरिकमा चिन्ता र प्रश्न उब्जाएको छ । यसका लागि राज्यले अपनाउनुपर्ने तयारी र जन सर्वसाधारणलाई गर्नुपर्ने सचेतनाका लागि राज्य शसक्त भएर आउनुपर्छ ।