२०७७ माघ ५, सोमबार

सवै माविमा सुचना अधिकारीको व्यवस्था

jajarkot1जाजरकोट- यहाँका सवै माध्यामिक विद्यालयमा सुचना अधिकारीको व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयमा सुचना पाँउन र दिन सजिलोका साथै जिल्ला शिक्षा कार्यालयवाट आएको सवै विवरण दिन सहज होस भनी सुचना अधिकारीको व्यवस्था गरिएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिंहले जानकारी दिनुभयो । विद्यालयमा शिक्षा कार्यालयवाट आएको रकम ,सुचना, छात्रवृती,शैक्षिक सामग्रीको अवस्था देखी सवै सुचना, सुचना अधिकारी मार्फत सार्वजानिक गर्न सजिलो होस भनी यो व्यवस्था गरिएको जिशिअ सिंहले वताउनुभयो । जिल्लामा ६४ वटा मावि रहेका छन् । कार्यालयले १२ वटा स्रोत केन्द्रलाई शिक्षण सुधार केन्द्रको रुपमा विकास गर्न कार्य अगाडी वढाएको शिक्षा कार्यालययले वताएको छ ।

२०६४ साल भित्र जिल्लाका सवै विद्यालयलाई शान्ति क्षेत्र घोषणा तथा निशुल्क आधारभुत शिक्षाको घोषणा समेत हुँने छ । शिक्षक र विद्यालयलाई समेत शैक्षिक सुधारका लागी वर्गीकरण गरी आवश्यक तालिम तथा सहयोग गर्ने तयारी भएको छ । विद्यालय सुधार,शिक्षण सुधार,सिकाई सुधार का लागी कार्य अगाडी वढेको शिक्षा कार्यालयले वताएको छ । विद्यार्थीहरुको पढाई सुधार्न वुक कर्नर र घरमा पढाईको व्यवस्था सुधार्न पढाई कुना निर्माण गर्न विद्यालय र अभिवावक वीच सहकार्य गर्ने अभियान सञ्चालन गरिएको छ ।

जिल्लाका ३०४ वटा वालविकास केन्द्रलाई सुधार समेत गरिने कार्यालयले वताएको छ । जिल्ला शिक्षा कार्यालय जाजरकोटले वुधवार गरेको वार्षिक स्वीकृत कार्ययोजना प्रस्तुत गदै यो वताएको हो । कार्यक्रममा प्रमूख जिल्ला अधिकारी जर्नादन गौतमले सवैले शैक्षिक सुधारका लागी सहयोग सहकार्य साथ अगाडी वढ्नु पर्नेमा जोड दिनुभयो ।