२०७७ माघ ३, शनिबार

जहाज टिकट हाहाकार अंधिकस विद्यार्थी भौतारिदै

15032425_2125807320978498_1360031620_n-1

दाने बोहोरा
हुम्ला मंसिर १। दशै तिहार मनाउन घर गएका हुम्लाका अधिकंश विद्यार्थीहरु जहाजको टिकट नपाउँदा हुम्ला विमान स्थलको बाहिरी गेटमा भौतारिएका छन ।

सुर्खेत नेपालगञ्जबाट प्राइभेट जहाजहरुको कम उडान भए पछि यात्रुहरुलहरुले सास्ती भोगिरहेका छन । टिकट पाए पनि पहुँचका भरमा पाउने गरेकोले स्थानीयहरुको गुनासो रहेको छ ।

दशै तिहारको बिदा सकिए पछि अधिकंश विद्यार्थीहरुले पढाईबाट बञ्चित भएका छन । पढाई पनि छुटेको र छोरा छोरी तलतिर पठाउन आएको ५ दिन भयो । दैनिक दिन एयरलाइन्सका कार्यालयमा धाउदा हैरान भएको स्थानीय बासिन्दा नैन बहादुर शाहीले गुनासो गरेका छन ।

उनले भने डलर पाए पछि प्राईभेट कम्पनीका जहाजले पुर्वतिर उडान गदै आएकोले हैरानी भएको बताए । यस्तै छिप्रा गाविसकी कम्पनी उपाध्यया टिकेटको लागि प्रत्येक एयरलाइन्सका कार्यालय धाउदा धाउदै दिक्क भएको बताइन ।

यस्तै जहाज टिकटकै लागि कुरेर बसेका रोडिकोट गाविसका कैलाश ऐडीले बिहान एयरपोट धाउदै ठिक छ । पढाई छुटिसक्यो कहिले जहाज टिकट पाउने थाहै छैन ।

बरु सुर्खेतबाट दशै तिहार मनाउन नआएको भए हुने बताए । टिकटको दौरानमा भौतारिका दार्मा गाविसका नरबिर बोहोरालको गुनासो छ । नेपाल सरकारको स्वामित्वमा रहेका प्राईभेट एयरलाइन्स कम्पनीहरुले पुर्व तिर पर्यटक ओसारे बापत डलर कमाउने हुदा हामी स्थानीयहरुलाई सास्ती भोग्नु सास्ती र पुर्व खडेरी परे पछि कर्णाली अञ्चलमा सबै कम्पनीका जहाजहरु केन्द्रित हुने गरेको भनाई रहेको छ ।

अहिले हुम्ला जिल्लाका अधिकंश विद्यार्थीहरुका शहर झर्ने हरुको लहर रहेको छ भने कोही हिउद लाग्नै लाग्दा चिसो छल्न शहरमा झर्ने लागेका यात्र्ुहरु जहाज टिकट नपाउदा एयरलाइन्सका कार्यालय जार्दा पनि टिकेटको हाहाकार यात्रुहरु विमानस्थलको बाहिरीगेटमा भौतारिएका पाइन्छन । सरकारले यसमा ध्यान दिन जरुरी रहेको छ ।