२०७७ मंसिर ९, मंगलवार

व्यापारी तथा कर शिक्षा सम्बन्धी प्रशिक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड

prakashसुर्खेत, -सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले व्यापारी तथा कर शिक्षा सम्बन्धी प्रशिक्षणलाई व्यापक बनाउनुपर्नेमा जोड दिनुभएको छ । पाँचौं राष्टिय कर दिवसका अवसरमा आज (बुधबार) आयोजित प्रभातफेरी पछिको कोणसभामा उहाँले अधिकांश करदाता करनीतिबारे अञ्जान रहेको भन्दै यस्तो आवश्यक्ता औल्याउनु भएको हो ।

राजस्व अनुसन्धानबाट छापामार्ने निहुँमा बन्दूकसहित छापा मारेर शैलीमा व्यापारीलाई नै आतंकित पार्ने काम हुने गरेपनि निजी क्षेत्रको कडा विरोधपछि हाल सुधार आएकोमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । हरेक व्यापारी र नागरिक कर तिर्न तयार छन । अध्यक्ष अधिकारीले भन्नुभयो, तर करदाताले तिरेको कर कहाँ कसरी खर्च हुन्छ त्यसको जानकारी लिनपनि चाहेका छन ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद अधिकारीले हरेक नागरिक करदाता भएको भन्दै हाम्रो करले अति विपन्न वर्गको विकासका लागि प्रयोग गर्नु राज्यको दायित्व भएको उल्लेख गर्नुभयो । यस्तै कर कार्यालय सुर्खेतका कर अधिकृत यज्ञराज ढकालले सुर्खेतमा गत वर्षको तुलनामा यस वर्ष २५ दशमलव ५ प्रतिशत ले कर अशुलीमा वृद्धि भएको जानकारी दिनुभयो ।

सुर्खेतमा करदाताहरु कर प्रशासन संग डराएको महशुस आपूmले गरेको भन्दै उहाँले कर प्रशासनसंग डराउनु भन्दापनि नजिक हुनपर्ने सुझाव दिनुभयो । नेपालको कर प्रणाली एशियाकै कर प्रणालीमा उत्कृष्ट समेत रहेको दाबी गर्दै उहाँले करदाताले यसबारेमा यथेष्ट बुभ्mन भने बाँकी रहेको उल्लेख गर्नुभयो ।

गौरवका साथ तिरौं कर,समृद्ध राष्ट हाम्रो रहर भन्ने नाराका साथ शुरु भएको राष्टिय कर सप्ताहको पहिलो दिन आज विहान सुर्खेत उद्योग वाणिज्य संघ र कर कार्यालय सुर्खेतको सहभागितामा मंगलगढीचौकबाट शुरु भएको प्रभातफेरी वीरेन्द्रचौकमा पुगी समापन भएको हो । सरकारले मूल्य अभिवृद्ध कर भ्याट लागू गरेको दिनको अवसर पारेर वर्षेनी मंसिर १ गते राष्टिय कर दिवस तथा सप्ताह मनाउँदै आएको छ ।