२०७७ मंसिर ८, सोमबार

हलवाईको शव छिटो नेपालल्याउनप्रधानमन्त्रीको निर्देशन

pushpa-kamal-dahal-prachanda_650x400_81468312367 काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले दुई महिनाअघि साउदी अरेबियाको दमाममा मृत्यु भएका नेपालगञ्ज–४, बाँकेकामोहमदअकबर हलवाईको शव तुरुन्त नेपालल्याउने व्यवस्थागर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाकालागि नेपालीदूताबासलाई निर्देशनदिनुभएको छ ।
प्रधानमन्त्रीले सोमबार परराष्ट्र सचिवशंकरदास बैरागीलाई फोन गरी हलवाईको शव तुरुन्तै नेपालल्याउननिर्देशनदिनुभएको थियो । प्रधानमन्त्रीको निर्देशनलगत्तै परराष्ट्र सचिव बैरागीले नेपालकालागि साउदी अरेबियाकाकार्यबाहक राजदूतआनन्दशर्मालाई टेलिफोन गरी हलवाईको शव नेपालल्याउनेबारे प्रधानमन्त्रीको निर्देशनअवगत गराउनु भएको थियो ।
बैरागीले प्रधानमन्त्रीको निर्देशनअवगत गराएपछि कार्यवाहक राजदूतशर्माले हलवाईको शव नेपालल्याउने व्यवस्थागर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने र तीन, चार दिनभित्रै शब नेपालआउने विश्वास दिलाउनु भएको थियो ।