२०७७ माघ ९, शुक्रबार

संविधान संशोधनमा प्रचण्डको दौडधुप सुरू

pushpa-kamal-dahal-prachanda_650x400_81468312367
                       फाईल : तस्विर

काठमाडौं, १ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविनै संविधान संशोधन दुई तिहाईले पारित गर्ने तयारी गरेका छन् ।

संविधान संशोधनमा एमाले अझै लचिलो नबनेपछि प्रधानमन्त्री दाहालले एमालेविना नै दुई तिहाई पुर्याउने भित्री तयारी थालेको स्रोतले जनायो । प्रधानमन्त्री दाहालले दुई तिहाई पुर्याउनको लागि दुई राप्रपाहरुको एकतालाई कुरिरहेका छन् ।

दुई राप्रपपावीच यही मंसिर ६ गते एकता हुने भएपछि प्रधानमन्त्री दाहालले यस्तो भित्री योजना बुनेका हुन् । कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा एक भए दुई तिहाई पुर्याउनको लागि त्यति धेरै कुरिरहनु नपर्ने भएकोले प्रधानमन्त्री दाहालले एमालेलाई त्यति महत्व दिएका छैनन् ।

मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले प्रधानमन्त्री दाहाललाई भेटेरै संविधान संशोधनको लागि १५ दिने अल्टिमेटम दिएकोले प्रधानमन्त्री यतिवेला दबाबमा छन् ।

उनले एमालेविना नै दुई तिहाई पुर्याउनको लागि आफ्ना नजिकका नेताहरुलाई खटाईसकेका छन् । सम्भवतः दुई राप्रपावीच एकता भएको एक दुई दिनभित्रै प्रधानमन्त्री दाहालले संशोधन प्रस्ताव संसदमा दर्ता गराउने छन् ।