२०७७ माघ ९, शुक्रबार

घर फर्कने मिति तय भएकै दिन मृत्यूको खवर

dath
फाईल : तस्विर

जाजरकोट- माईती घर जाँनलाई कार्तिक २७ गते विहान डाडागाउँ ८ वाट हिडेकी ३५ वर्षिय पदमकली राकोय कार्तिक ३० गते वेलुका ढिमे ५ वाझजरा तुलेभिरमा मृत फेला परेको प्रहरीले वताएको छ ।

घरवाट हिडेपछि श्रीमान् जीतवहादुर रोकायले श्रीमती माईती पुगीसकेको भनी ढुक्क भएको थिए । कार्तिक ३० गते माईतीवाट, घर फर्कने सल्लाह श्रीमान र श्रीमती माईती भएको थियो । घर आउने मिति तय भएको दिनमा नै पदमकलीको मृत लास भेटिएपछि रोकाय परिवारमा शोकमग्न भएको छ ।

पदमकलीको माईती घर ढिमे ५ मा नै हो । माईती घरमा पदमकली नपुगेको आफन्तले वताएका छन् । मृत अवस्थामा फेला परेकि महिला डाडाँगाउँ गाविस वडा नं.८ कि पदमकलि रोकाय रहेको नेपाल प्रहरीले जनाएको छ । मृत अवस्थामा रहेकि पदमकलि रोकायको लास स्थानिय हरिबहादुर सिंहले फेला पारेर प्रहरीलाई टेलिफोन मार्फत जानकारी गराएपछि मात्र घटना स्थलमा प्रहरी पुगेको थियो ।

माईती घर नै नपुगेका कारण कार्तिक २७ गते नै पदमकलीको हत्य भएको हुँन सक्ने आफन्तको अड्कल छ । मृतक रोकायको लास पोष्टमार्टमको लागि जिल्ला अस्पताल जाजरकोट तिर ल्याइ रहेको प्रहरीले जनाएको छ ।