२०७७ मंसिर १५, सोमबार

सहकारीले बोकायो ऋणको भारी, ‘घुमखहरेमा बचतकर्ता टाट पल्टे’

sahakariसुर्खेत । यहाँका सरकारीले ग्रामीणक्षेत्रका नागरिकहरुलाई ऋणको भारी बोक्न बाध्य भएका छन् । सहकारीको माध्यमबाट काम गरिरहेका बहुउद्देश्यीय सहकारी संस्थाले ग्रामीण भेगमा लघुबित्त कार्यक्रम संचालन गरेका छन् । यीनै कार्यक्रमका माध्यमबाट सहकारीहरुले नागरिकहरुलाई ऋणको भारी बोकाउने गरेका हुन् ।

यस्ता कार्यक्रम लागु भएका गाविसका स्थानीय महिलाले जिवीकोपार्जन गर्ने आशामा संस्थामा सक्रिय बन्ने गरेका छन् । तर उनीहरुले जिवीकोपार्जन गर्ने आशामा ऋणको भारती बोक्न बाध्य भएका छन् । पछिल्लो समय संस्थाले नै धोका दिने गरेपछि महिलाहरुमा जीवनमा नै नकरात्मक असर परेको छ । कोही नागरिक आफ्नो घरजग्गा बेचेर ऋण तिर्न बाध्य छन् । संस्थाको ऋण तिर्नको लागि निकै ठुलो समस्या उठाउनुपरेको स्थानीय नागरिक बताउँछन् ।

ग्रामीण भेगका महिला जीवनयापनका लागि लिएको ऋणको उपयुत्त मापदण्ड नहुदा कसरी ऋण तिर्ने र कस्तो प्रकृया हुन्छ भन्नेमा नै प्रस्ट छैनन् ।  सहकारीले बैंकको तुलनामा कम ब्याजदरमा रकम ऋण उपलब्ध गराउने भएपनि यथार्तमा सबै सहकारीमा त्यस्तो हुन सकेको छैन । उनीहरुले बार्षिक २४ प्रतिशत ब्याज असुल्ने गरेको पाइएको छ ।

मासिक २ प्रशितका दरले ब्याजदर तोकिए पनि मनोमानी ढङ्गले ब्याज लिने गरेको स्थानीयको गुनासो रहेको छ । मासिक किस्ता १० हजारका दरले एक किस्ता तिर्नुपर्ने भएपनि कहिले कसो महिना ३२ को भए तीन किस्ता ३० हजार तिर्नुपने बाध्यता रहेको सहारेका महिलाको गुनासो रहेको छ ।

नाम नबताउने सर्तमा एक जना महिलाले १५ बर्ष नुपुगेसम्म संस्थाबाट निस्कन नपाईने भन्दै बहुउद्देश्यययीय सहकारी संस्थाका कर्मचारीले संस्थाबाट सदस्यता फिर्ता लिनुभन्दा श्रीमानसंग सम्बन्ध बिच्छेद गरेर बस्न सुझाव दिएको दुखेसो पोखिन् । श्रीमान रोजगारको सिलसिलामा भारतमा रहेको र घरमा बालबच्चा पढाउन हुर्काउन, गाह्रो हुँदा श्रीमानलाई नै गुहाुर्नपर्ने बाध्यता रहेको उनले बताईन ।

समूहको ऋणको किस्ता तिनुपर्दा पनि श्रीमानलाई भन्ने गरेको र श्रीमानले कमाएको पैसाले नै तिर्ने गरेको उनले बताईन । उनले भनिन्–“भारतमा कमाएको पैसाले ऋण तिर्नुभन्दा समुह नै छोड् किन यस्तो समुहमा बस्ने भनेर श्रीमानले सल्लाह दिएपछि म समुह छोड्छु भन्दा सहकारीको मान्छे श्रीमान छोड भन्छ ।”

यसरी समूहका कर्मचारीले सम्बन्ध बिच्छेद गरेर बस भनेपछि जवाफमा आफूलाई बिहे गरेर लैजान भनेको बताईन् । श्रीमानले समुहमा बस्दा नस्वीकार्ने दवाब दिईरहेका बेला संस्थाको त्यस्तो जवाफ आउदा बाध्य भएर बिहे सम्मको कुरा रोखेको उनले बताईन् । सहकारीको नियमानुसार बचतकर्ताले चाहे अनुसार बस्न र छोड्न पाउने भएपनि समूहका कर्मचारीले अस्विकार गरेको उनको गुनासो छ । आफूले ऋण लिएको सबै पैसा ब्याजसहित तिरेर समूह छोड्छु भन्दा पनि नमानेको उनले बताइन् ।

यसरी १५ बर्षसम्म छोड्न नमिल्ने र जस्तोसुकै प्रकृया गरेपनि हामीलाई कानुन लाग्दैन भन्ने अभिब्यत्ति दिने गरेको उनले बताईन् । उनले भनिन्–“हाम्रो यो समूहमा कुनै मुद्दा लाग्दैन जहाँ गएर उजिर गर्नुहुन्छ गर्नुस् भन्छन् ।”

घुमखहरेमा बचतकर्ता टाट पल्टे
अन्य संस्थाले राम्रो काम गरेको तर लघुबित्तले टाट पारेको घुमखहरेका स्थानिय महिलाले बताएका छन् । अन्य संस्थाले १० हजार सहयोग गरेपछि आफू समृद्ध बन्न तर्फ उन्मुख भएको बताउँदै एक महिलाले लघुबित्त संस्थाले निकै गाह्रो बनाएको बताईन् ।

सबै ठुलो समस्या लघुबित्तेले पारेको बताउदै जति पनि लघुबित्ते आएपनि महिलालाई आबद्ध गराएर समूह दर्ता गर्छन् फेरि समस्यामा पार्ने गर्छन् । उनले भनिन्–“एउटा लघुबित्तबाट ऋण ल्याउने अर्को संस्थको ऋण तिर्ने, अर्कोबाट ल्याउने अर्काको तिर्ने गरी बिकृती फैलाएको छ ।” कोहिले बचत गर्ने गरे भने कसैले खाने गर्ने गरेका छन् । लघुवित्त कार्यक्रम संचालन गर्ने सहकारीहरु वातावरण, बौद्ध लगायत रहेका छन् ।

पैसा कमाउन र विदेशी पैसालाई सदुपयोग गर्न आएका हुन् यस्ता लघुबित्त संस्था भन्ने गरेका छन् । घर जग्गा समेत धितोमा राखेर ऋण लिने तर तिर्न नसकेपछि लिलाम गरिदिने यी संस्थाले गर्दैै आएको एक वृद्धले भने । उनले भने–“घरका खाट,देखि जग्गा ,बाख्रा लागायत पनि मालसामनसम्म लिलाम गरेका छन् ।” क्रण महिलाहरुले समूहको क्रण तिर्ने नसके पछि समूहमा जवानी, जस्ले तालि बजाए पनि उस्ले तिर्नु पर्ने भएको वृद्धाले आक्र्रोष व्यक्त गरेका थिए ।