२०७७ कार्तिक ११, मंगलवार

डेमोक्रेटिक पार्टी विरुद्ध सबैभन्दा ठूलो साइबर आक्रमणमा रुसको हात?

१५ साउन, एजेन्सी।

hacked-computer-14446369अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपति पदकी उम्मेदवार हिलारी क्लिंटनको चुनाव अभियानसंग जोडिएको जानकारी ह्याक भएको छ। अमेरिकी मिडियाले यो घटना डेमोक्रेटिक पार्टी विरुद्ध सबैभन्दा ठूलो साइबर आक्रमण बताएको छ।

अमेरिकी अधिकारिहरुले यो आक्रमणको पछाडी रुसी सरकारको लागि काम गर्ने एजेन्ट रहेको बताएका छन्। अमेरिकामा हुने गइरहेको राष्ट्रपति चुनाव प्रभावित गर्ने रुसको कोसिस हुन सक्ने आशंका व्यक्त गरिएको छ।

रुसी सरकारले साइबर आक्रमणमा आफ्नो हात नभएको भन्दै अमेरिकाको आरोपको खण्डन गरेको छ। ‘तुक नभएको कुरा’ भन्दै रुसले यसको निन्दा समेत गरेको छ। जाँच अझै जारी छ। एफबीआईले यो ह्याकको गम्भिरता जाँच जारी राखेको छ।