२०७७ मंसिर १३, शनिबार

विषय केन्द्रितभएर छलफल गर्ने शीर्ष नेताबीच समझदारी

pmकाठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको आब्हानमा बसेको प्रमूख राजनीतिकदलकाशीर्ष नेताहरुको बैठकले संविधान संशोधनकाबारेमाविषय केन्द्रितभएर छलफल गर्ने समझदारी गरेको छ ।

बिहीबार बिहानप्रधानमन्त्रीनिवास बालुवाटारमाभएको छलफलमा नेताहरुबीच यस्तो समझदारी भएको हो । बैठकमा संविधान संशोधनकाविषयमादलीय सहमतिकै आधारमा अगाडि बढ्ने समझदारी पनिभएको छ । प्रदेशहरुको सीमाङ्कन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषाआयोग लगायतकाविषयमा बूंदागत छलफल गरी साझा प्रस्तावतयार पार्ने समझदारी भएको हो ।

बैठकमा प्रधानमन्त्रीतथामाओवादी केन्द्रकाअध्यक्षपुष्पकमलदाहाल, नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) काअध्यक्ष केपीशर्मा ओली, गृहमन्त्रीबिमलेन्द्र निधिलगायतका नेताहरु सहभागीहुनुहुन्थ्यो ।