२०७७ मंसिर १४, आईतवार

संविधान संशोधनमा तीन दल सहमति नजिक

pm-nepaliकाठमाडौँ,  संविधानका केही बुँदा संशोधन गर्ने विषयमा प्रमुख तीन दल सहमति नजिक पुगेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान नेपाली काँग्रेस, नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० का शीर्ष नेताबीच संविधान संशोधनका विषयमा सकारात्मक छलफल हुनाका साथै उक्त प्रस्ताव छिट्टै व्यवस्थापिका–संसद्मा दर्ता गर्ने सहमति बनेकोे छ ।

तीनै शीर्ष नेता संविधानलाई कार्यान्वयनमा लान संविधान निर्माण गर्दाका बेलामा जस्तै सहमतिका साथ अघि बढ्नुपर्ने निष्कर्षमा पुगेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

संविधान कार्यान्वयनका लागि संविधान संशोधन आवश्यक रहेको महसुस तीनै शीर्ष नेताले गरेकोे र उहाँहरुबीच संशोधनका विषयमा सकारात्मक छलफल भएको उनले बताए ।