२०७७ कार्तिक ११, मंगलवार

विकिनीमै रहेकी प्रहरीले यसरी समातिन् चोर

१५ साउन, एजेन्सी।
bikini_clad_police_women_nabs_thief-300x169विकिनीमा सनवाथ गरिरहेकी स्वीडेनकी एक महिला प्रहरीले चोर समातेपछि उनलाई बधाइको ओइरो लागेको छ । डिउटीमा नभएपनि आफ्नो भूमिका निभाएकी उनको चौतर्फी तारिफ भइरहेको समाचार बीबीसीले लेखेको छ ।

माइकेला केलनर नाम गरेकी ति प्रहरीले आफ्नो साथीको मोबाइल फोन चेरेर भागेका चोरलाई लखेट्दै समातेकी हुन् । एक व्यक्ति घरायसी सामान बेच्ने बहानामा हाम्रो नजिक आएर केही कागज राख्न लाग्नेवित्तिकै मलाई शंका लाग्योे, घटना सुनाउँदै उनले भनिन्, लगत्तै साथीले मोबाइल छैन भनेपछि चोरको पछि दौडिहालेँ ।’

उनले थपिन्, ‘यदि कपडै नलगाएको भएपनि म चोरलाई लखेट्थे ।’ चोरि गरिएको मोबाइल फोन बरामद गरिएको छ भने चोरलाई पनि पक्राउ गरिएको छ ।