२०७७ मंसिर १०, बुधबार

खुला भलिबलको उपाधि चुलीलाई

15027387_1161329413956008_1591081774420188825_n
                            तस्विर : महेश जिसीको फेसबुकबाट

सुर्खेत। खुला भलिबलको उपाधी चुलीलाई सुर्खेत, मंसिर ३ । मटेलाको ठाटी मेलाका अवसरमा आयोजना गरिएको खुला पुरुष भलिबल प्रतियोगितामा मटेलाकै चुली युवा क्लव प्रथम भएको छ ।

शुक्रबार सम्पन्न फाइनल खेलमा मटेला कै बिचार आदर्श जनसाँस्कृतिक युवा क्लव मटेला–१ सुर्खेतलाई ३–० को सोझो सेटमा पराजित गर्दै चुलीले उपाधी हात पार्न सफल भएको हो ।  चुलीले प्रथम भएसंगै ४२ हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी चुली युवा क्लवकै विजय बस्नेत घोषित भएका छन् । यस्तै अनुशासित शान्तिचौतारा युवा क्लव लयकाँडा–२ जाजरकोटका संजय बुढाथोकी घोषित भएका छन ।

दुवै जनालाई कप प्रदान गरिएको छ । प्रतियोगितामा बिचार आदर्श ‘ए’ द्धितीय र ‘बी’ तृतृय स्थान प्राप्त गर्न सफल भएका छन् । द्धितीयलाई २५ हजार र तृतीयलाई १५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै मेलाकै अवसरमा आयोजना गरिएको खुला लोकदोहोरी प्रतियोगितामा सुर्खेत साँस्कृतिक कला केन्द्र प्रथम भएको छ भने दैलेख द्धितीय र नवभैरव साँस्कृतिक युवा क्लव तृतीय भएको छ ।

लोकदोहोरीमा उत्कृष्ट नवभैरवकी कृष्णा राना भएकिछन् । प्रतियोगितामा प्रथमले दश हजार, द्धितीयले ८ हजार र तृतीयले पाँच हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।