२०७७ मंसिर ९, मंगलवार

मोतीबिन्दु छनौट शिविर सम्पन्न

motiसुर्खेत । सुर्खेतका पूर्वी गाविसहरुमा सञ्चालन भएको मोतिविन्दु छनौट शिविर सम्पन्न शुक्रबार सम्पन्न भएको छ ।

गत कार्तिक २८ गतेदेखि क्रमश प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर र स्वास्थ चौकी छिन्चु, कार्तिक २९ गते स्वास्य चौकी लेकफर्सा र स्वास्थ्य चौकी रामघाट, कार्तिक ३० गते स्वास्थ चौकी गुमि र स्वास्थ्य चौकी मैनतडा, मङ्सिर १ गते स्वास्थ चौकी दहचौर र स्वास्थ चौकी मालारानी, मङ्सिर २ गते स्वास्थ चौकी घुमखहरे र स्वास्थ चौकी सहारे र अन्तिम दिन शुक्रबार मेहलकुनामा सम्पन्न भएको हो ।

सुर्खेतको मेहलकुना स्थित सुर्यज्योति उच्च माध्यमिक बिद्यालयमा मोतिविन्दु छनौट शिविर सञ्चालन गरी शुक्रबार अन्तिम दिन समापन गरिएको हो । शिविरबाट करिव १५ सय आँखाका बिरामीले निशुल्क आँखा जाँच गरि औषधि वितरण गरिएको थियो । शिविरबाट २ सय ५० बढी आँखाका बिरामीलाई मोतीबिन्दु अप्रेशनका लागी छनोट गरिएको छ ।

छनौट भएका बिरामीलाई शनीबार (आज) देखि ६ गते सोमबार सम्म सुर्यज्योति उमावि मेहेलकुनामा निशुल्क अप्रेसन गरिने सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनाका ईन्चार्ज दिपेन्द्र कुमार सहानिले जानकारी दिए । नेपाल नेत्र ज्योति संघ फत्ते बाल आँखा अस्पताल फुल्टेग्रा नेपाल गञ्ज बाँके, सामुदायिक आँखा उपचार केन्द्र मेहेलकुनाको आयोजना तथा सुर्यज्योति उमावि मेहेलकुनाको सहआयोजनामा शिविर सञ्चालन भएको सहानीले बताए ।

पूर्वि सुर्खेतका लेखफर्सा, गुमि, दशरथपुर, छिन्चु, मैनतडा, मेहेलकुना, सहारे, मालारानि, दहचौर, घुमखहरे र रामघाट गरि एघार ओटा गाविसमा शिविर सञ्चालन भएको थियो ।