२०७७ मंसिर १६, मंगलवार

सकियो जेसीज सप्ताह, अधिकारी र के.सी.लाई युवा वर्ष व्यक्ति सम्मान

2सुर्खेत, ज्ेसीजले हरेक वर्ष संचालन गर्ने जेसीज सप्ताह सम्पन्न भएको छ । वीरेन्द्य्रनगर जेसीज वर्ष २०१६ र वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१६ को संयुक्त आयोजनामा संचालन गरिएको यो वर्षको सप्ताह शनिबार बृहत कार्यक्रमकाबीच सम्पन्न भएको हो ।

विभिन्न कार्यक्रमहरु र प्रतियोगिताहरुसंगै सम्पन्न भएको सप्ताहको अन्तिम दिन शनिबार सुर्खेत जिल्लामा उत्कृष्ट काम गर्ने एक जना महिला र एक जना पुरुषलाई युवा वर्ष व्यक्तिको सम्मान सहित कार्यक्रम सम्पन्न गरिएको छ । सप्ताह कार्यक्रममा हरेक वर्ष गरिने यो सम्मान यस वर्ष सालकोटका गाविसका गाविस सचिव तिलकराम अधिकारी र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ सामाजिक शाखा प्रमुख ज्योती के.सी. लाई सम्मान गरिएको छ ।

समाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै युवा वर्ष व्यक्ति २०१६ बाट सम्मानित गरिएको हो । दुवै जनालाई सुर्खेत जिल्लाका जिल्ला न्यायाधिस कैलासप्रसाद सुवेदी र वीरुेन्द्रनग जेसीज वर्ष २०१६ का अध्यक्ष भिम केसीले दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए ।

सम्मान पछि बोल्दै तिलकराम अधिकारीले आफूले समाज विकास र रुपमान्तरणका लागि राम्रो काम गर्न नसकेपनि राम्रो काम गर्ने प्रयास गरिरहेको भन्दै यो सम्मानले अझ उर्जा मिलेको बताए । उनले समाज विकासका लागि मैले एक्लै गरेर के हुन्छ र भन्ने भावनाबाट टाढा रहनुपर्ने बताए । उनले समाज विकास एकै जनाको प्रयासबाट हुने भन्दै आआफ्नो ठाउँबाट समाज रुपान्तरणका लागि काम गर्नुपर्ने बताए ।

यस्तै अर्का सम्मानित व्यक्ति ज्योती केसीले कहिले काँही काम गर्दै जाँदा मूल्याङकन नभएको महसुस हुने गरेपनि आफ्नो कामलाई निरन्तरता दिनुपर्ने बताइन । निरन्तरताले एक दिन सफल बनाउने भन्दै उनले प्रयास सानो बाटै सुरु गर्नुपर्ने बताइन । उनले आफूले पाएको सम्मानलाई कहिल्यै पनि ब्यवास्था गरी अघि नबढ्ने भन्दै समाजका लागि थप केही गर्ने प्रतिबद्धता जनाइन ।