२०७७ माघ ३, शनिबार

मदिरा बिरुद्ध जेसीज लाग्नुपर्छ : जिल्ला न्यायाधिस सुवेदी

15107468_1836327186602212_5220116892177760021_n-1सुर्खेत । जिल्लाका जिल्ला न्यायाधिस कैलास प्रसाद सुवेदीले अहिले सुर्खेतका अपराधको मुख्य कारण रक्सि देखिएको भन्दै रक्सि नियन्त्रणमा पनि जेसीजले अभियान संचालन गर्नुपर्ने सुझाव दिएका छन् ।

वीरेन्द्रनगर जेसीज र वीरेन्द्रनगर जुनियर जेसीज वर्ष २०१६ को संयुक्त आयोजनामा गरिएको जेसीज सप्ताहको समापन कार्यक्रममा बोल्दै न्यायाधिस सुवेदीले यस्तो बताएका हुन् । जिल्ला अदालतमा दर्ता भएका जुनसुकै मुद्दाको धेरैजसो मुख्य कारण मदिरा नै हुने गरेको भन्दै उनले त्यसका बिरुद्धमा अभियान चलाउदा केही नियन्त्रण हुने बताए ।

सुर्खेतमा सम्बन्ध विच्छेदका मुद्दाहरु निकै धेरै हुने गरेको र त्यसमा पनि मुख्य कारण मदिरा नै हुने गरेको न्यायाधिस सुवेदीको भनाई छ । यस्तै मदिरासंगं सम्बन्ध विच्छेदको अर्काे कारण बालविवाह पनि भउको भन्दै उनले यस्ता विषयमा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरुले ध्यान दिनुपर्ने बताए । खास गरी जेसीजले यी दुई विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने सुवेदिले बताए । ‘‘अहिले दुईवटा समस्या देखिएका छन्, जुन सुकै मुद्दामा पनि कारण रक्सि देखिन्छ, अर्काे घरेलु हिंसा र सम्बन्ध विच्छेदका मुद्दामा बालविवाह पनि कारण देखिन्छ,’ उनले भने–‘जेसीजले यी दुईवटा विषयमा जनचेतनामुलक कार्यक्रम संचालन गर्दा राम्रो हुन्छ ।’’ यस्तै जिल्ला न्यायधिस सुवेदीले विधिको साशन भए सबै ठिक हुने भन्दै सबैले त्यही प्रयोग गर्नुपर्ने बताए ।

यस्तै समापन कार्यक्रममा विशेष अतिथी वीरेन्द्रनगर जेसीजका संस्थापक महासचिव शम्भू पन्त, नेपाल जेसीज वर्ष २०१५ का राष्ट्रिय उपाध्यक्ष अनिलबहादुर शाही, वीरेन्द्रनगर जेसीजका पूर्व अध्यक्षहरु, सुर्खेत महिला जेसीजका अध्यक्ष प्रतिमा मल्लाहा, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चण भारती लगायतले आफ्नो मन्तव्य राखेका थिए ।

समापन कार्यक्रममा नृत्य प्रतियोगिता, गजल प्रतियोगिता, रक्तदान लगायतमा सहभागीहरुलाई प्रमाण पत्र र पुरस्कार वितरण पनि गरिएको थियो । कार्यक्रम वीरेन्द्रनगर जेसीजका अध्यक्ष भिम खत्रीको अध्यक्षतामा सम्पन्न भएको हो ।