२०७७ माघ ३, शनिबार

पाइनियरको १३ औ साधारणसभा सम्पन्न

सुर्खेत । यहाँको वीरेन्दनगरमा रहेको पाइनियर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को १३ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभा सहकारीका अध्यक्ष भिमबहादुर भण्डारीको सभापतित्व तथा बहुउद्देश्यीय सहकारी संघका अध्क्षय चन्द्रप्रसाद थानीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाका अध्यक्षय भण्डारीले प्रस्तुत गरेका थिए । हालसम्मको २०७२÷०७३ को १० करोड ३५ लाख ८५ बराबरको आर्थिक प्रगति प्रतिवेदन र अगामी २०७३÷७४ को प्रस्तावित बजेट १४ करोड ६६ लाख ७५ हजार बराबरको संस्थाका कोषाध्यक्ष मानबहादुर शाहीले प्रस्तुत गरेको थिए ।

कार्यक्रममा एस.एल.सी.मा लगनशील उत्कृष्ठ अंक ल्याएर पास भएकी जमुना खडका र रविकिरण खडकालाई सम्मान गरिएको थियो ।,असल बचतकर्ता,सन्तबहादुर थापा,विष्णुकुमारी विश्वकर्मा दैनिक बचत तर्फ पार्वती भण्डारी,मासिक बचत तर्फ कृपाराम भण्डारी,अनिवार्य मासिक बचत तर्फका गणेशबहादुर खडका सम्मानित भएका थिए ।

यसैगरी स्वैच्छिक बचत तर्फ प्रशुराम खडका,आवधिक बचत तर्फ छत्रबहादुर खडका,सम्मानित भएका थिए । बाल बचतमा देवकी खडका, संस्थाका लेखापाल असल कर्मचारी विष्णुकुमारी भण्डारी सम्मानित भएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षय चन्द्र बहादुर थानीले सहकारी ऐनमा रहनु पर्ने र बहुउद्देशिय प्रकृतिको सहकारी भएकोले अहिले सम्म राम्रो काम गर्दै आएको र आगमी दिनहरुमा संस्थाले प्रगतिशिल काम गर्ने भन्दै प्रशंसाका साथै शुभकामना व्यक्त गरेको थिए ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैकका प्रतिनिधी राजु ठकुरी,युवा स्वरोजगार कोषका सचिव प्रकाश पौडेल,जिल्ला सहकारी संघका सचिव रविन्द्र शाहा लगायतको उपस्थिती रहेको थियो । भने कार्यक्रमको संञ्चालन नन्द भण्डारीले गरेका थिए ।