२०७७ मंसिर ११, बिहीबार

बुद्धिजिवी संगठनको अध्यक्षमा विमल

bimal-nepaliसुर्खेत । नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन सुर्खेतको जिल्ला एकताबाट अध्यक्षमा बिमल नेपाली भयन भएका छन् । नेकपा माओवादी केन्द्र निकटको बुद्धिजिवी संगठन नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन सुर्खेतले शनिबार एक कार्यक्रमको आयोजना गरी एकता भेला सम्पन्न गरेको हो ।

भेलाले बिमल नेपालीको अध्यक्षतामा २५ सदस्यीय नेपाल राष्ट्रिय बुद्धिजिवी संगठन जिल्ला कमिटी सुर्खेत गठन गरेको छ । एकता भेलामा नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय उपाध्यक्ष जितबहादुर रानाले संविधान कार्यान्वयनमा बुद्धिजिवीहरुको महत्वपुर्ण भूमिका रहने भन्दै संविधानले दिएका अधिकारहरु जनता सामु लैजानेमा बुद्धिजिवीहरुले ध्यान दिनुपर्ने बताए ।

एकता भेलाका विशेष अतिथी तथा पार्टीका केन्द्रिय सदस्य लोकेन्द्र राना, नेपाल राष्टिय उद्योग व्यापार संगठन प्रदेश नम्बर ६ का मदनबहादुर खड्का, नेपाल राष्टिय उद्योग व्यापार संगठन सुर्खेतका अध्यक्ष सुर्यविक्रम, नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका केन्द्रिय सदस्य चित्रबहादुर केसी लगायतले बुद्धिजिवीहरुले समाजलाई सकारात्मक बाटोमा लैजानुपर्नेमा जोड दिएका छन् ।

भेला नेपाल राष्ट्रिय बुद्धिजिवी संगठनका जिल्ला अध्यक्ष बिमल नेपालीको अध्यक्षतमा सम्पन्न भएको हो ।